विश्वकपको फाइनल जितेर खुशी मनाइरहेका अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले भने ‘एमबाप्पेका लागि एक मिनेट मौनधारण’

Spread the love

काठमाडौं । विश्वकप जितेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमबाप्पेका लागि एक मिनेट मौनधारण गर्ने कुरा बताउका छन् । विश्वकपको फाइनल जितेर ड्रेसिङ रुममा खुसी मनाउदै गरेका उनले यस्तो बताएका हुन् ।

खेल सकिएपछि अर्जेन्टिनाका गोलकिपरले आफ्ना सहकर्मीलाई एमबाप्पेका लागि एक मिनेट मौन धारण गर्न भनेका थिए । फ्रान्सका २३ वर्षीय खेलाडी एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गर्दै गोल्डेन बुट पनि जितेका थिए ।

एमबाप्पेले पूरै खेलमा मार्टिनेजलाई चकित पार्दै बल चार पटक गोलपोस्टमा हानेका थिए ।