अस्पताल पुर्‍याउने गाडी नपाउँदा १९ वर्षीया सुत्केरी किशोरीको बाटैमा मृ’त्यु,बच्चाको स्वास्थ्य अवस्था सामान्य!

Spread the love

पाँचथर । पाँचथर कुम्मायक-२ मा १९ वर्षीया एक सुत्केरीकाे मृत्यु भएकाे छ। प्रशुति व्यथा लागेपछि समयमै अस्पताल पुर्याउन एम्बुलेन्स नपाउँदा १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ मृत्यु भएकाे हाे।पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन्।

उपस्वास्थ्य चौकी मङ्जावुङका प्रमूख सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि हिजो बुधबार विहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो ।‘भर्ना गरिएको दुई घण्टापछि उहाँको नर्मल डेलिभरी भएको थियो । केहिबेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो’ ।

साँझ ४ बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजानेक्रममा उहाँको निधन भएको महताले बताउनुभयो ।बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि उहाँको थप उपचारमा ढिलाइ भएको मेहताको भनाइ छ । साँझ ९ बजे जिल्ला अस्पताल ल्याइ पु¥याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

उहाँले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ ।सुत्केरीपछि हुने अत्यधिक रक्तस्रावका कारण उहाँको निधन भएको पाँचथर अस्पतालका डा. बुद्वीबहादुर थापाले जानकारी दिनुभयो ।

मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा अस्पताल पुर्‍याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।