काठमाडौँ । गायिका समीक्षा अधिकारी चर्चाका शिखरमा रहेका बेला उनी एकाएक विबादमा आइन् । पछिल्ला दिनमा सामाजिक संजालमा स्टाटस लेख्दै मेटाउँदै आएकी उनले आफ्ना स्टाटसमा बनेका समाचारहरु समेत मिडियालाई फोन गरेर आग्रह गर्दै हटाउँदै आएकी छिन् ।
२ हप्ता अगाडी मात्रै समिक्षाले अत्ति भयो अब त बाँच्न नी गाह्रो भयो भन्दै लेखिएको समाचार ओएस नेपालमा छापिएपछि फोन नै गरेर हटाउन आग्रह गरेपछि उक्त समाचार हटाइयो । तर अहिले फेरी समिक्षाले आँफुलाई दह्रो बनाउँदै अर्को स्टाटस लेखेकी छिन् । उनले ‘नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो’ भनेर लेखेको स्टाटसमा कमेन्टको ओइरो नै लागेको छ ।
फेसबुकमा स्टाटस लेख्दै गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताएकी समिक्षले फेरी सोमबार अर्को स्टाटस लेख्दै भनेकी छिन् कसैलाई मेरो गीत सुन्नु छैन भने नसून, मलाई कसैको अपशब्द सुन्नु छैन । सोमबार फेसबुकमा स्टाटस लेख्दै समिक्षाले भनेकी छिन् म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ र हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।
समिक्षाको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै : एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसीमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटीया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।
सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ ।
स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ रु हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।