बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छन् । अभिनेत्री शर्लिन चोपडाको उजुरीको आधारमा अम्बोली प्रहरीले उनलाई पक्राउ गरेको हो । राखी पक्राउ परेको खबर शर्लिनले आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘अम्बोली प्रहरीले राखी सावन्तलाई पक्राउ गरेको छ ।’
पक्राउ परेकी राखीलाई प्रहरीले केही समयपछि राखीलाई अन्धेरी अदालतमा उपस्थित गराउनेछ । राखीलाई आफ्नो आपत्तिजनक भिडियो तथा तस्बिर भाइरल गरेको आरोप अभिनेत्री शर्लिनले लगाएकी छन् । शर्लिनले गत बर्ष राखी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।
राखी पछिल्लो समय विवाह र आमा बिरामी भएको कारण लगातार चर्चामा छिन् । उनी अहिले निकै कठिन अवस्थाबाट समेत गुज्रिरहेकी छन् । केही अगाडि पहिले आदिल खानले उनीसँग विवाह अस्वीकार गरेका थिए । पछि स्वीकार समेत गरे । उनको आमाको स्वास्थ्य बिरामीका कारण नाजुक बन्दै गइरहेको छ । केही अगाडि उनी प्रेग्नेन्सीको कारणले पनि चर्चामा रहेकी थिइन् ।
गण्डकी : केही दिनभित्रैमा सरकारले पूर्णता पाउने
गण्डकी, ५ माघ (रासस)ः
गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन ।
मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभयो । “मन्त्रालयको सङ्ख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले सुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ”, उहाँले भन्नुभयो ।
सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गर्नुभयो । दुई–तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उहाँको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पु¥याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ ।
यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा हुनुहुन्छ । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ ।
गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । बिनाविभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ