कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी भवनमा आगलागी परी ज्यान गुमाएका झापा बिर्तामोड निराकार पाण्डेको शव शुक्रवार नेपाल ल्याइएको थियो । यसअघि मंगलवार नै उनको शव नेपाल ल्याउने भनिए पनि कानूनी प्रावधानका कारण उनको शव नेपाल ल्याउन ढिलाइ भएको थियो ।
उनको शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको थियो जुनकुरा नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिएका थिए।
नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको एस अघिनै वताएका थिए। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याईएको हो।
कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइको छ।