काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्यमन्त्री डा.तोसिमा कार्कीले एउटा कार्यक्रममा एकै साथ दुई वटा रिबन काटेर उद्घाटन गरेका छन् ।*
मन्त्रीद्वय गिरी र डा.कार्कीले एउटा कोठाको गेटमा राखिएका दुई वटा रिबनलाई एकसाथ कैँचीले काटेको तस्वीरमा देखिएको छ ।
गिरी एमालेबाट मन्त्री बनेका हुन् । डा.कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट राज्यमन्त्री बनेकी हुन् ।
उनीहरूलाई उद्घाटनका लागि रिबन काट्ने मोह जागेको प्रति सामाजिक सञ्जालमा कठोर आलोचना भएको छ ।
सम्भावना बोकेका मन्त्रीहरूले नै उद्घाटनका लागि रिबन काट्ने मोह देखाएपछि जनतामो निराशा छाएको छ ।
सांसद र मन्त्री बन्नु अगाडि गरेका ढोँङ्ग, नौटंक अहिले आएर उजागर भएको छ ।