बारम्बार अ’श्लिल म्यासेज गरेर हैरान बनाउने शिक्षकको छात्राले गरिन् ह’त्या

Spread the love

ओखलढुंगा : शिक्षक ह’त्याको आरोपमा २२ वर्षीया युवती पक्राउ परेकी छन्। प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई प’क्रा’उ गरेको हो।

उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको ह’त्या गरेको आरोप लागेको छ।

ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृ’त फेला परेका थिए। शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पु_गेको हो। घटना_स्थल प्रकृतिका आधारमा ह’त्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेप’छि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालयका डी’एसपी सु’कदेव खनालले जानकारी दिए। उनीविरुद्ध क’र्तव्य ज्या’न मु’द्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।

ठाकुरको टा’उको तथा शरी’रका अन्य भागमा कु’टपीट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर ह’त्या गरेको खुल्न आएको प्रहरीले जना’एको छ। प’क्राउ परेकी महिलाले समेत घटना आ’फैँले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन्।

घटनाबारे प्रहरीले भने प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै यस’बारे थप बताएको छैन। तर तारन्तारको ब्या’कमेलिङ सहन नसकेर ह’त्या गरेको आरोपित युवतीको स्वीकारोक्ति छ।