गायिका ज्योति मगरले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन-मेयर साहेब को पनि फेसबूक मा जुहारी खेल्दा खेल्दै दिन बित्ने भो बरै… नेपाल हो केटा हो कहाँ जन प्रतिनिधि बाट काम को अपेक्षा गर्या कुरा सुन्ने हो कुरा… तर मलाइ मेयर साब को कुरा लास्टै मीठो लाग्छ…लब यु मेयर साब…कीप फाइटिङ, कीप ब्याटल अन सोसल मिडिया
यो पनि पढ्नुहोस् :
सामाजिक सञ्जालमा अहिले एउटा अपत्यारिलो भिडियो भाइरल छ। फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू मरेको मान्छे ब्यूँताउन शव खोज्दै हिँडेको दाबी गर्छन्।
वीर अस्पताल अगाडि बसेर आफूलाई मणिरत्न सापकोटा बताउने युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ। अझ सापकोटाले भिडियोमा आफू मेडिकल क्षेत्रकै मान्छे भएको दाबी गरिरहेका छन्।
उनले आफ्नो एउटा टिम रहेको र टिमले अनुसन्धान गरेर कम उमेरमै मृत्युवरण गर्नुपरेकालाई बचाउन सक्ने इन्जेक्सन तयार गरेको बताएका छन् ।हृदयघात,विष सेवन, सर्पको टोकाइ, डुबेर वा निसासिएर मृत्यु भएका कम उमेरका मानिसलाई बचाउन सकिने उनको दाबी छ। ५०-६० वर्षभन्दा कम तर शरीरका सबै अंग सकुशल हुँदाहुँदै मृत्यु भएकालाई बचाउन सकिन्छ। हामी परीक्षणकै क्रममा छौं। सबैलाई राखेर खुला ठाउँमा हामी प्रयोग गर्न चाहन्छौं। सापकोटाले भिडियोमा भनेका छन्।
दुर्घटनामा परेका, जलेका वा ५०-६० वर्ष नाघेकालाई भने उनले बनाएको इन्जेक्सनले काम नगर्ने उनको दाबी छ। उनले आफूले बनाएको केमिकल मुसा र बट्टाइ चरामा सफल परीक्षण गरिसकेको र अब मानिसमा परीक्षण गर्न खोजेको बताएका छन्।
‘मरेको बट्टाइ चरा बाँचेर अहिले उडिरहेको छ, मुसामा पनि सफल परीक्षण गरिसकेका छौँ।’ उनले भनेका छन्, हामी वीर, टिचिङजस्ता अस्पतालमा प्रयोग गर्न मिल्ने शवको खोजीमा छौं तर अहिलेसम्म पाइएको छैन। तपाईंहरुले कतै पाउनुभयो भने बोलाउनुहोस् हामी तुरुन्तै आउँछौं।’
उनले आफूले चार वर्ष लगाएर यो अनुसन्धान गरेर केमिकल पत्ता लगाएको समेत दाबी गरेका छन्। यतिसम्म की उनले आफूले डाक्टरहरुलाइ समेत यसको बारेमा जानकारी दिएको दावी गरेका छन्।
मरेको मानिसलाई जिवित गराउने इन्जेक्सन बनाएको बताउने सापकोटाले आफूले चार वर्ष लगाएर यसको अनुसन्धान गरेको बताएका छन्। नेपालमा चिकित्सा क्षेत्रमा अनुसन्धान गर्ने र गर्नका लागि अनुमति दिने निकाय पनि यस विषयमा बेखबर पाइयो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट कुनै पनि अध्ययन अनुसन्धानका लागि अनुमति लिनुपर्छ। तर परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवाली आफूहरुसँग यस्तो विषय अनुसन्धानका लागि कसैले पनि अनुमति नलिएकाले हल्लाको पछि नलाग्न आग्रह गर्छन्।‘अहिले जुन विषय बाहिर आएको छ यसबारे अनुसन्धान गर्न हामीसँग यो चार वर्षको बीचमा कसैले पनि अनुमति लिएका छैनन्’ डा ज्ञवालीले भने।
भाइरल भिडियोमा सापकोटाले परीक्षणका लागि शव भेटिए खबर गर्न पटक पटक आग्रह गरेका छन्। भिडियोमा तीन वटा नम्बरहरु पनि उपलब्ध गराइएको छ। ‘तपाईंहरुले खबर गर्नुभयो भने हामी राति १२ बजे पनि गाडि लिएर आउँछौं।’
भिडियोमा सापकोटाले भनेका छन्, ‘यो सम्पूर्ण मानव जगतकै लागि एउटा महत्वपूर्ण बरदान हुनेछ।’ उनले गरेका दाबीका आधारहरू बुझ्न हामीले सम्पर्क गर्ने प्रयास गर्यौं । तर हामीले भिडियोमा उपलब्ध गराइएका नम्बरहरुमा पटक पटक सम्पर्क गर्दा पनि दुई वटा नम्बरमा मोबाइलको स्विच अफ गरिएको थियो भने एउटामा सम्पर्क हुन सकेन।