फेरी एक व्यवसायीले विराटनगरमा व्यवसाय संचालन गर्दाको ऋण तिर्न नसकेपछि आ;त्मह’त्या गरेका छन् । आ’त्मह’त्या गर्नेमा मोरङको विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपाने रहेका छन् । उनले बुधबार आफ्नै घरमा झु’ण्डिएर आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ ।
करिब तीन दशकयता ५७ वर्षीय न्यौपानेले शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए ।
बुधबार उनलाई आफन्तले बाथरुममा झु’ण्डिएको अवस्थामा मृ’त फेला पारेका हुन् । व्यवसाय गर्दा लागेको ऋणका कारण आ’त्मह’त्या गरेको सु’साइड नोटमा उल्लेख छ । बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसा’इट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।
सु’साइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् । उनले आ’त्मह’त्याको निर्णयअघि एक सु’साइट नोट पनि लेखेका छन् । विराटनगरकै शनी रोडमा शिखर इलेक्ट्रिक पसलका सञ्चालक उनी मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत हुन् । उनले आ’त्मह’त्या अघि लेखेको सुसाइट नोटमा मुख्यत बैंक र सहकारीको ऋणको अर्थिक भार तिर्न नसकेको उल्लेख गरेका छन् ।
न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको खुलेको छ ।
उक्त ऋणको बैंक किस्ता ५ लाख गरी १ करोड ५० लाख, अर्को एक सहकारीमा १० लाख ऋण रहेको उल्लेख छ । उक्त शिखर शिखर इलेक्ट्रिक पशल बुबाको नाममा रहेकाले बुबाको नाममा रहेको मुद्धति खातामा रहेको रकम निकालेर अन्तै सार्न सुझाव पनि उक्त नोटमा दिइएको छ ।
बैंकले मुद्धतिको रकम रोक्का गर्ने आशंकाले उक्त सुझाव दिएको अनुमान गर्न सकिन्छ । मंगलबार इलामका प्रेमप्रसाद आचार्यले राज्यले सहयोग नगरेको भन्दै काठमाडौंँमा आ’त्मदा’ह गरेका थिए । उनको उपचारका क्रममा आज विहान नि’धन भएको थियो । संसद भवन नयाँ वानेश्वर अगाडि आँफैमाथि आ’गो लागएका प्रेमको बुधबार नै उपचारको क्रममा नि’धन भएको थियो ।