चर्चित कार्यक्रम इन्द्रेणिका सञ्चालक कृष्ण कँडेल सहितको टोली स्वर्गिय निरा छन्त्यालको घरमा पुगेको छ । ७ औं दिनको पुण्य तिथिको अवसर पारेर टोली श्रद्धाञ्जलीको लागि निराको घरमा पुगेको हो ।
सोहि क्रममा कँडेलले निराको निधनले लोक दोहोरी क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सम्पूर्ण कला संगित प्रेमी स्तब्ध भएको बताउनु भएको थियो ।
त्यस्तै नेकपा एमाले वडा कमिटि शिसाखानीले पनि निराको स्मृतिमा ७ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। सो सभामा बोल्दै वडा नं. ३ का अध्यक्ष खड्क पुनले निराको निधनले सिंगो समुदाय स्तब्ध भएको र परिवार संगै समाजलाइ ठूलो क्षति भएको बताउनुभएको छ ।
निरा नेकपा एमाले वडा कमिटि सदस्य महेन्द्र छन्त्याल तथा लिलादेवि छन्त्यालकी छोरी हुनुहुन्थ्यो । कार्यक्रम वडा कमिटि अध्यक्ष गोपिराम काउचाको अध्यक्षता तथा वडा कमिटि सचिव समिर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो पनि/ अन्य समाचार: पेट्रोलियम पदार्थ खुलारूपमा बिक्रीवितरण गर्न रोक, काठमाडौं । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका हुन् ।
पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ ।
मङ्गलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो । सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।