काठमाडौं । अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको सम्बन्ध ५ वर्ष बितिसकेको छ ।
यसैबीच, यी दुईको सम्बन्ध यति मीठो बनेको छ कि उनीहरुलाई अलग गर्न गाह्रो छ । तर, मलाइका र अर्जुनको सम्बन्धबाट अर्जुनको परिवार खुशी छैन ।
यद्यपि अर्जुन कपुरले मलाइकासँग आफ्नो जीवन बिताउने वाचा गरेका छन् । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् । यति हुँदाहुँदै पनि दुवै एक अर्का अति नै नजिक छन् । एक अन्तर्वार्तामा अभिनेत्रीले अर्जुन कपूरसँगको आफ्नो पहिलो रातको कथा सुनाएकी छिन् ।
मलाइका अरोरा र अरबाज खानले २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । अरबाज खान सलमान खानका भाइ हुन् । डिभोर्सपछि अभिनेत्री मलाइका अर्जुन कपुरसँग बस्न थालेकी छिन् ।
मिडियाको नजरबाट जोगिन दुवैले एकअर्कालाई भेटिरहेको कुरा खुलाउदैनन् । तर दुबैले आफ्नो सम्बन्धलाई मिडियाको नजरबाट लुकाउन सकेनन् र आफ्नो सम्बन्धलाई अफिसियल बनाए ।
अभिनेत्रीले अन्तर्वार्तामा भनिन्, ‘जब उनले अर्जुन कपूरसँग पहिलो रात बिताइन्, उनी निकै खुशी थिइन् । किनकी हामीले आफ्नो सम्बन्धको बारेमा सबैलाई स्पष्टसँग भनिसकेका थियौं यसैले म रात विताउन कुनै संकोच मानेकी थिइन उनले भनेकी छिन् ।
अभिनेत्रीले भनिन् कि हामीले त्यो रात धेरै कुरा गर्यौं। अर्जुनले मलाई सम्बन्धलाई दोस्रो मौका पनि दिनु पर्ने बताए । सम्बन्ध विच्छेदपछि मानिस सकिदैन नयाँ बनाउनुपर्छ भन्ने उनैले बुझाए मलाइकाले भनिन् ।
मलाइकाले भनिन् कि १२ वर्ष ठूलो भएका कारण आफू र अर्जुनलाई धेरै ट्रोल गरिएको छ । यति हुँदाहुँदै पनि अर्जुनले भने कि कसले के भन्दै छ त्यसमा ध्यान नदिनु, आफ्नो काममा ध्यान दिनु ।
मलाइकाले भनिन्, ‘बरु मलाई निक्कै निन्द्रा लाग्थ्यो तर अर्जुनले कुरा गरौँ भनेर बारम्बार झक्झकाइ रहे । हामी त्यो रात सुत्नै सकेनौं । खाटमा उसले मलाई काखमा लिएर बसिरह्यो मलाइकाले भनिन् । त्यो रात मेरो लागि सबैभन्दा रमाइलो र भुल्नै नसक्ने छ उनले भनिन् ।
यो पनि पढ्नुहोस् :
मोरङका धिरज बस्नेत र रामेछापका आर्थिकजंग बस्नेतले गत भदौ १६ गते समलिंगी विवाह गरेको भिडियो र फोटो टिकटकमा भाइरल बन्यो । उनीहरुको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । आर्थिकको रिक्वेस्ट धिरजले एसेप्ट गरेपछि हुन थालेको कुराकानीसँगै सम्बन्ध गहिरो हुँदै गयो ।
गत भदौमा काठमाडौंमा भएको पहिलो प्रत्यक्ष भेटमै विवाह गर्ने निर्णयमा पुगेको उनीहरु बताउँछन् ।आर्थिक काठमाडौंमै रेष्टुरेन्टमा काम गरिरहेका छन् भने धिरज मोडलिङ क्षेत्रमा भविष्य खोजिरहेका छन् । उनीहरुले बिहे त गरे, तर समलिंगी सम्बन्धप्रति समाज सहज छैन । तीन वर्षअघि आफ्नो पहिचान खुलाएका धिरज समलिंगी भन्नेबित्तिकै धेरैजसो मानिस ‘होस्टायल’ हुने डर रहेको बताउँछन् ।
सर्वोच्च अदालतले निर्देशन दिएको डेढ दशक बित्न लाग्दा पनि सरकारले आवश्यक कानून नबनाउँदा समलिंगी जोडीहरु अनेक समस्या भोगिरहेका छन् .आर्थिकले भने बिहे अगाडिसम्म घरपरिवार र मिल्ने साथीहरुसँग समेत आफ्नो पहिचान खुलाएका थिएनन् । त्यसरी एक्लै खुम्चिएर बाँचिरहेको बेला धिरजसँग प्रत्यक्ष भेट भएपछि तत्कालै बिहे गर्ने आँट गरेको उनी बताउँछन् ।
‘परिवार र समाज पनि नभइ हुँदैन, तर त्यो भन्दा बढी आफूलाई बुझ्ने व्यक्तिको साथ चाहिछ’, उनी भन्छन्, ‘त्यसैले अरु कुरा धेरै नसोची बिहे गरिहालें ।’ बिहेपछि उनीहरु दशैंमा घर रामेछाप जाने सोचमा छन् । धिरजसँग बिहे गरेको टिकटक भिडियो भाइरल भएपछि मात्र आर्थिक समलिंगी भएको घरपरिवार, आफन्त र साथीभाइले थाह पाएका थिए । साथीमध्ये केहीले बधाई दिए पनि अरु सबै अचम्मित र बेखुशी भएको उनको अनुभव छ । त्यो सुनेर आमाले दुःखी हुँदै ‘छोरा हो, केटी बुहारी ल्याउँछ भन्ने थियो, तर यस्तो गरेछस्’ भनेको आर्थिक बताउँछन् ।
नेपाली समाजको ठूलो हिस्साले अझै पनि महिला र पुरुषबीचको विवाहलाई मात्र प्राकृतिक मान्छ । पछिल्लो समय यस्तो समाजिक मान्यता विपरीत आफू समलिंगी भएको बताउने, समलिंगी विवाह गर्ने, बिहे गरेको सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेहरुको संख्या बढीरहेको छ । यस्ता कृयाकलापले पहिचान नखुलाएका र लुकेर बसेका समलिंगी जोडीहरुलाई खुल्न प्रेरित गरेको छ ।
ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ समलिंगी स्वतन्त्रताका लागि सामाजिक सञ्जाल निकै महत्वपूर्ण माध्यम बनेको बताउँछिन् । उनका अनुसार, सामाजिक सञ्जालमा आउने समलिंगी विवाहको तस्वीर, भिडियोले गोप्य बसेका धेरैलाई खुल्न प्रेरित गरेको र केहीलाई चर्चाले अप्ठ्यारोमा पारेको छ ।
मानवअधिकारकर्मी सुमन लामा (ट्रान्समेन) आफू समलिंगी भएको खुलाउने, कानूनले मान्यता नदिए सांस्कृतिक विधि अपनाएर विवाह गर्नेको संख्या हिजोआज बढेको बताउँछन् । यसमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलको उनको बुझाइ छ ।सर्वोच्च अदालतले सरकारलाई समलिंगी विवाह सम्बन्धी कानून बनाउन आदेश दिएको डेढ दशक बित्न लाग्यो ।
न्यायाधीश बलराम केसी र पवनकुमार ओझाको इजलासले ६ पुस २०६४ मा जारी गरेको आदेशमा भनिएको छ- कुनै व्यक्तिले स्वअनुभूति अनुसार लैंगिक पहिचान गरेपछि उसको जैविक लिंग के हो, कस्तो यौनसाथी रोज्नुपर्ने हो, कस्तो व्यक्तिसँग विवाह गर्नुपर्ने हो भन्ने निर्धारण अरु व्यक्ति, समाज, राज्य वा कानूनले गरिदिने होइन । यो नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारमा पर्छ ।’
काठमाडौं, १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन् । शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका वकिल आशिष अधिकारीले जवाफ दिन नसकेका हुन्।
रविले अमेरिका र नेपाल गरी दुई देशको नागरिकता एकैपटक लिएको सन्दर्भलाई न्यायाधीशले उठाउँदा रविका वकिल अधिकारीले त्यसको जवाफ लिखितमा भएकोले यस विषयमा नजाउँ भनेर टारेका छन्। न्यायाधीश भट्टराईले ‘नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र ?’ भनेर सोधेका थिए।
जवाफमा रविका वकिल अधिकारीले भने, ‘म यस विषयमा थप जान चाहिनँ ।’
रविले दोहोरो नागरिकता लिएको तर प्रयोग नगरेको अधिकारीको तर्क थियो। सोही तर्कमाथि जिज्ञासा राख्दै न्यायाधीश भट्टराईले नागरिकता लिइसकेपछि प्रयोग गर्नु र नगर्नुले केही अर्थ राख्छ र ? भनेर सोधेका हुन्।
तर अधिकारीले उक्त जिज्ञासाको जवाफ दिन चाहेनन्। न्यायाधीशको प्रश्नमा रविका वकिलले चित्तबुझ्दो जवाफ नै नदिइ शुक्रबार बहस सकिएको छ । आजै फैसला आउन सक्ने संभावना छ।