काठमाडौं । नायिका करिश्मा मानन्धरले डिल्लिराम खनालविरुद्ध साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले करिश्माको नाम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर भ्रमपूर्ण हल्ला फैलाएका थिए ।
करिश्माले सामाजिक संजालमा लेखेकी छिन्–‘उहाँ को हो, यो अत्ति भयो । भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भनेर सहे । हिजो साइबर ब्यूरोमा निवेदन हालेकी छु । हेरौं, नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुहोस्, म कसरी बसेको थिएँ । लिभिङ टूगेदर ? म हिन्दु हुँ । यो बिचारलाई नै विश्वास न गर्ने व्यक्ति हुँ । यो अत्ती भयो । म मेरो संसारमा खुशी छु ।’
डिल्लीले करिश्मा मानन्धर रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएका थिए । करिश्माले आफू अदालतमा पनि जाने बताएकी छिन् ।
काठमाडौं । गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पहिलेकै सक्रियता फर्काउने कसरतमा छिन्।
लोकप्रिय समीक्षाको सांगीतिक करिअरमा अघिल्लो वर्षबाट लगभग ब्रेक लागेको थियो। लामो समय सामाजिक सञ्जालबाट पनि विश्राम लिएकी समीक्षालाई करिअरमा पिकअप लिन भने निकै गाह्रो भइरहेको छ।
स्टेज कार्यक्रममा निकै व्यस्त बनिसकेकी समीक्षाले पछिल्लो समय सहभागिता जनाउन पाएकी छैनन्। बल्ल पाएका स्टेज शोमा पनि विरोध गर्नेहरुका कारण जान सक्ने अवस्था सिर्जना भइसकेको छैन।
तर गीत रेकर्डिङमा भने समीक्षा फर्किएकी छन्। उनको सांगीतिक करिअर बिस्तारै लयमा फर्किंदै गएको छ। पछिल्लो समय जिममा समेत व्यस्त रहेकी समीक्षा हरेक दिन नयाँ गीत रेकर्ड गरिरहेकी छन्।
उनका नयाँ गीत युट्युबमा रिलिज हुने क्रम पनि बढेको छ। पछिल्ला केही दिनमा उनका चार गीत रिलिज भइसकेका छन्। गीतकार राजेन्द्र थापाको शब्दमा समीक्षाले स्वर दिएको ‘यस्तो नहोस् कसैलाई’ बोलको गीत केही दिनअघि रिलिज भयो।
थापाले उक्त गीत समीक्षाका लागि नै लेखिएको बताए। गीत गाउँदै गर्दा समीक्षा रोएको आवाज भिडिओमै राखेर सार्वजनिक गरियो। गीतले निकै चर्चा पायो। त्यसयता उनको स्वरमा ‘भो कुरै नगर’, ‘दर्पण छायाँमा’, ‘निभेको चुलो’लगायत गीत सार्वजनिक भए। समीक्षा गायनसँगै सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन्।