जिन्दगीमा कहिले आधी आउछ कहिले हुरी आउछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन,एलिजाले लेखिन भावुक स्ट्याटस

Spread the love

काठमाडौं ।

ऋषि धमलाका बिषयमा नकारात्मक टिप्पणी आएपछि श्रीमती एलिजाले लेखिन भावुक स्ट्याटस ।जिन्दगीमा कहिले आधी आउछ कहिले हुरी आउछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडी बढेको हाम्रो जिवन सात जुनी सम्म हजुर लाई पाउम भगवान सँग प्रथाना गर्छु 🙏 ❤️ I Love You ❤️ happy rose 🌹 day🙏❤️🌹🌹🌹 mero buda

यो पनि पढ्नुहोस!!डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो
काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड क्रस भएको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको बैंकले जनाएको छ ।

यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजारमाथि रहेको बैंकले जनाएको छ ।

‘कानुनअनुसार आयोगले गर्ने भनेको अदालतको फैसलाअनुसार पद रिक्त भएको सूचना राजपत्रमा छाप्ने हो,’ थपलियाले भने, ‘त्यसपछि संसद सचिवालयबाट पद रिक्त भएको जानकारी आउँछ। रिक्त भएको जानकारी आएपछि उपनिर्वाचन गर्छौं। कानुन यत्ति हो।’

थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताए। ‘अर्कोलाई दिनुपर्नेछ भन्ने कानुन छैन। समानुपातिकतर्फ हो भने कुनै पद रिक्त भए वा रद्द भए दलले अर्को नम्बरको मान्छे नियुक्त गर्न सक्छ। तर पहिलो हुने निर्वाचित हुने प्रणालीमा निर्वाचन सकिएपछि सकियो। दोस्रो, तेस्रो हुने भन्ने कानुन छैन। संसद चलिराखेको छ। व्याख्या गरिदिए हुन्छ।’

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।

उनी समायोजनमा अन्यत्रै सरुवा हुने र घुस खान नपाउने भएपछि निजामती सेवा ऐनको दफा २४(घ) अनुसार विशेष बढुवा फर्म समेत नभरी गरी खरिदारमै बसेका थिए। त्यसैगरी, बैदेशिक रोजगार विभागका अर्बपति अधिकृत प्रदीप ढकालका बारेमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ। उनी बीचमा १ बर्षबाहेक ११ बर्षदेखि बैदेशिक रोजगार विभागमा कार्यरत छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचल र विभागमै उनको ११ बर्ष बितेको छ।

श्रम मन्त्रालयका उपसचिव र सहसचिवसम्म सेटिङ मिलाउन माहिर खेलाडीका रुपमा उनी चिनिन्छन्। बिभागमा कार्यरत हुँदा पनि ढकालले नै काठमाडौं कार्यालयमा समेत सेटिङ मिलाउने र मासिक दसौं लाख घुस संकलन गर्ने गर्दछन्। ढकाललाई बैदेशिक रोजगार विभागभित्र सेटिङका माष्टरमाइन्ड नै मानिन्छ।

बैदेशिक रोजगार विभागमा नासु पेशल कोइराला १० बर्षसम्म सबै सेटिङ मिलाएर बसेका थिए भने बिपुल पराजुली पनि अर्का डनका रुपमा थिए । पछिल्लो समयमा भने प्रदीप ढकाल बैदेशिक रोजगार विभागका सेटिङ गर्ने मुख्य पात्र हुन्। त्यसैगरी जनसम्पर्क कार्यालयका रुपमा सबैभन्दा बदनाम मानिएको यातायात कार्यालयहरुमा सेटिङबिना सवारीअनुमति पत्र पाउनु दुरुह नै छ।

सेटिङ नगर्नेहरुलाई लिखितमै फेल गराउने, यदि पास भइहालेमा ट्रायलमा बिग्रेको सवारी साधन दिएर फेल गराउने काम हुन्छ। सेटिङबाट गएको छ भने कन्डिसन ठीक भएको सवारी साधन दिने गरिन्छ।

ड्राइभिङ सेन्टरका संचालकहरुसँग मिलेर यातायातका कर्मचारीहरुले सेटिङ मिलाउने गर्दछन्। भक्तपुरको इजीवे ड्राइभिङ सेन्टर, एकान्तकुना ललितपुरको सुजुकी ड्राइभिङ ट्रायल सेन्टर राजन क्षेत्रीसँग मिलेर सेटिङ गर्दैआएका छन्।