भारतीय सिने उद्योगको चर्चित जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले आज दिल्लीमा रिसेप्शन पार्टी दिँदैछन् ।
फेब्रुअरी ७ मा जैसलमेरमा गन्तव्य विवाह गरेको यो जोडीको सर्वत्र चर्चा भइरहेका बेला उनीहरुले यो पार्टीमा परिवारका सदस्य र सिनेमा क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरुई मात्र निम्तो दिइएको बताइउको छ । रिसेप्शन पनि मुम्बईमा हुने भएको छ ।
फेब्रुअरी १० मा सिद्धार्थ -कियारा दिल्लीबाट मुम्बईको लागि प्रस्थान गर्नेछन्। यसपछि फेब्रुअरी १२ मा यो नयाँ जोडीले मुम्बईमा फिल्म स्टारहरूलाई ग्रान्ड रिसेप्शन पार्टी दिनेछ । मिडिया रिपोर्टका अनुसार यो रिसेप्शन पार्टी मुम्बईको सेन्ट रेजिस होटलमा आयोजना हुनेछ । यो ५ तारे होटल हो । सेलिब्रेटीहरूले यहाँ कुनै पनि सुरक्षा समस्याको सामना गर्नु नपरोस् भनेर यो होटल छनोट गरिएको हो।
मुम्बईको सेन्ट रेजिस पाँचतारे होटल मध्येको एक हो । सिद्धार्थ र कियाराको रिसेप्शनमा पुरै बलिउड जगतलाई निम्तो दिइने बताइएको छ ।
जसमा करण जोहर, मनिष मल्होत्रा, अजय देवगन, काजोल, वरुण धवन, आलिया भट्ट, शाहिद कपुर, प्रियंका चोपडा, निक जोनस, रणवीर सिंह र दीपिका पादुकोण जस्ता ठूला स्टारहरूको नाम समावेश छ। मुम्बईमा भएको रिसेप्शनमा अम्बानी परिवारका सबै सदस्य सहभागी हुन सक्नेछन् ।
यसका अलावा धेरै चर्चित व्यक्तित्वहरुलाई पनि निम्तो गरिएको छ । सिद्धार्थ र कियाराको जोडीको धुमधामले विबाह सम्पन्न भएसँगै सुन्दरी अभिनेत्री कियाराले विबाहमा लगाएका गहनाहरुको पनि चर्चा सुरु भएको छ ।
कियाराले विबाहमा लगाएको मंगलशुत्रको मूल्य करोडौँ पर्ने भारतीय अनलाइन जिन्युज इण्डियाले उल्लेख गरेको छ । उनको मंगलसुत्रको मूल्य करिब २ करोड भएको बताइएको छ । जसको डिजाइन सव्यसाची मुखर्जीले गरेका हुन् ।
महंगो मूल्यको भएता पनि उक्त मंगलशुत्र निकै सिम्पल खालको देखिन्छ । जसमा सुनको चेनमा कालो रंगमा भित्र हिरा जडान गरिएको छ ।