१२ भाई मध्यका एक भाई रहेका कान्तिपुरका मालिक कैलाश सिरोहियाले दिए रविलाई यस्तो चेतावनी

Spread the love

काठमाडौं । कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् ।

रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?’

कान्तिपुरका प्रकाशक सिरोहियाले मंगलबार प्रकाशित गरेको वक्तव्यको पूर्णपाठ :राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएकामा सर्वप्रथम म खेद प्रकट गर्दछु ।