बौद्ध धर्मगुरुमाथि लाग्यो ब’ला’त्का’रको आरोप

Spread the love

काठमाडौँ । कुन ब’ला’त्कार हो ? कुन होइन ? मामिला अदालती प्रक्रिया पुग्यो भने यसको अन्तिम व्याख्या अदालतले गर्छ । कतिपय मामिला यस्ता पनि हुन्छन् जसले सनसनी धेरै मच्चाउँछन् ।

अहिले एउटा यस्तै मामिला बाहिरिएको छ जहाँ, एक बौद्ध धर्मगुरुमाथि महिलाले बलात्कारको आरोप लगाएकी छिन् । कुनै बेला सिद्धबाबा कृष्णदासविरुद्ध लागेको बलात्कार अभियोगले पुरा समाज नै तरंगीत भएको थियो ।

अहिलेको आरोप चाहिँ बुद्धधर्म गुरु ङिमा नोर्बु ठोकरमाथि छ । यो आरोप केही विवादास्पद पनि छ । आरोप लगाउने महिलामाथि पनि धेरै प्रश्न उब्जिने सम्भावना जीवीत छ । अर्कोतिर नैतिक सदाचारको कसीमा खरो उत्रिन नसक्ने गरी ठोकर पनि विवादमा परेका छन् ।

अरुलाई नैतिकता र सदाचारको पाठ पढाउने एक धर्मगुरु आफैं एक विवादस्पद घटनामा मुछिएका छन् । ललितपुर महाँंकाल घर भई हाल काठमाडौं बौद्ध बस्ने ४९ वर्षीय ङिमा नोर्बु ठोकरले काभ्रेकी ४० वर्षीया एक महिलालाई आफ्नै गोप्य अंगको आपत्तिजनक फोटो सामाजिक सञ्जालबाट पठाएको विषयले धर्मगुरुको सदाचारमाथि प्रश्न उठाएको छ ।

मामिला गोप्य अंगको फोटो पठाएको मात्रै सिमित रहेन । धर्मगुरु ठोकरले जसलाई यस्तो फोटो पठाए, उनले धर्मगुरुमाथि जबर्जस्ती करण गरेको दावी गर्दै ७८ कात्तिकमा जाहेरी दिइन् ।

जाहेरीपछि प्रहरीले महिलालाई ‘बौद्ध ५७’ नाम दिई मुद्दा दर्ता गर्यो । सो मुद्दामा धर्मगुरु ठोकर धरौटीमा रिहा भए, यता महिला चाहिँ आफूमाथि घोर अन्याय भएको भन्दै आफ्नो व्यथा सुनाउन न्युज ट्वान्टी फोर टेलिभिजन आइपुगिन् ।

पीडित ‘बौद्ध ५७’ ले जाहेरीमा उल्लेख गरेको घटनाविवरण अनुसार बुद्धचित्तको माला कारोबारका क्रममा बुद्धधर्मगुरु ठोकरसँग चिनजान भएको थियो । सोही चिनजानपछि ठोकरले पत्नी बनाउँछु भन्दै विश्वास दिलाए । ७७ साल पुस २ गते बौद्ध टुसालको त्रिवेणी होटलमा जबर्जस्ती करणी गरेको दावी गरेकी छिन् ।

त्यो दिन धर्मगुरु कहाँ थिए ?

बौद्ध ५७ ले आफूमाथि धर्मगुरुले बलात्कार गरेको दावी गर्दै जाहेरी दिएपछि सुरु भएको कानुनी मामिला अझै चलिरहेको छ । तर यसबीच महिलाको दावी खण्डन हुने गरी धर्मगुरु पक्षले ७७ पुस २ गते उनी काठमाडौं मै नरहेको, अझै भन्ने हो भने नेपालमै नरहेको प्रमाणका रुपमा अमेरिका गएको कागजात पेश गरेको छ ।

अध्यागन विभागले ७८ पुस १३ मा दिएको विवरणअनुसार ठोकर सन् २०२० नोभेम्बर १८ तारिकमा अमेरिका उडेका थिए । र उनी सन् २०२१ अप्रिल २ तारिकमा नेपाल फर्र्किएका थिए । इश्वीसम्वतको यो मितिलाई विक्रम सम्वतमा परिणत गर्दा थोकर ७७ मंसिर ३ गते अमेरिका गएका थिए । र उनी ७७ साल चैत २२ गते नेपाल फर्किए । अर्थात मंसिर–पुस–माघ–फागुन र चैतसम्म थोकर अमेरिका बसे ।

उनी अमेरिका बसेकै बखत अर्थात ७७ पुस २ गते ‘बौद्ध ५७’ लाई बौद्धको त्रिवेणी होटलमा बलात्कार गरे भन्ने दावी अपत्यारिलो देखिएपछि अदालतले धरौटीमा धर्मगुरुलाई छाडेको छ ।

थोकरले पठाएको गोप्य अंगको त्यो फोटो

बौद्ध ५७ र थोकरबीच चिनजान भएको, बुद्धचित्तको माला कारोबारमा उनीहरुसंलग्न भएको दुई पक्षबीच भएको यो कागजले पनि पुष्टि गर्छ । तर दुई व्यक्तिबीच भएको अश्लील फोटो आदानप्रदान चाहिँ नैतिक सदाचारको कसिमा अनुत्तिर्ण हुने देखिन्छ । पीडितको भनाइ अनुसार उनी एक साधारण महिला हुन् । तर धर्मगुरु बुद्धधर्मका खेन्पो हुन् । बौद्धधर्ममा खेन्पोलाई उच्च सम्मान दिइन्छ । यस्तो स्थानमा रहेको व्यक्तिले आफ्नै गोप्य अंगको तस्बीर खिचेर महिलालाई पठाउनुचाहिँ धार्मिक सदाचारको दृष्टिले पनि उपयुक्त देखिँदैन ।

आपत्तिजनक तस्बीर पठाएको सम्बन्धमा प्रश्न गर्दा ठोकरले मामिला स्वीकार गरेका छन् । दुवै पक्षसँग सामाजिक सञ्जालमा भएका तस्बीरहरु मेटाउने र बुद्धचित्तको मालाबापत तिर्नुपर्ने रकम महिलालाई ठोकरले बुझाउने भनेर ७८ साउनमा लिखित सहमति पनि भएको थियो ।

एकातिर सामाजिक सञ्जालमा आदान प्रदान गरिएका तस्बीरहरु मेटाउन दुवै पक्ष सहमत भइसकेको देखिन्छ । नैतिकता र सदाचारका सम्बन्धमा ठोकरसँग हामीले गरेका केही कुराकानी हामीले रिपोर्टमा राख्ने प्रयास गरेका थियौं । तर धर्मगुरु ठोकरले हामीलाई त्यस्तो अनुमति दिएनन् । उनलाई हामीले यससम्बन्धमा आफ्नो विचार प्रत्यक्ष टेलिफोन कलमा राख्न पनि आग्रह गरेका थियौं । तर उनले आफू टेलिफोनको नेटवर्क नटिप्ने ठाउँमा पुगेको भनेर आग्रहलाई टार्ने काम गरे ।