विदेशी यौ’नकर्मीको अखडा बन्दै ठमेल

Spread the love

नेपालको पर्यटकीय केन्द्र ठमेल रेड लाइट एरिया बन्दै गएको छ । यहाँ नेपालीमात्र होइन विदेशी यौ’नकर्मीहरूको समेत भिड बढ्न थालेको छ । चिनियाँदेखि अफ्रिकी यौ’नकर्मीहरुले ठमेललाई अखडा बनाउन थालेका छन् ।

प्रहरीले हालै गरेको एक अनुसन्धानले युगान्डाका युवतीहरुले ठमेललाई आफ्ना अखडा बनाएर दे’हव्यापारमा सलग्न रहेको खुलेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नतासा नामक युगान्डाकी यौ’नकर्मीलाई पक्राउ परेपछि अफ्रिकी युवतीको गिरोहबारे पत्ता लागेको हो ।

युगान्डाकै एक युवतीलाई जागिर लगाइदिने प्रलोभनमा नेपाल ल्याएर उनले वे’श्यावृत्तिमा लगाएकी थिइन् । ती युवतीमाथि यातना भएपछि प्रहरीमा केस पुगेको हो । जसअनुसार उनीहरुले धेरै युवतीहरुलाई काठमाडौं ल्याएको र भारतीय ग्राहकलाई लक्षित गरी ठमेलका होटलमा देहव्यापार गराउँदै आएको खुलेको छ ।

उनीहरु ठमेलका रात्रीक्लबमा जाने र त्यहाँ ग्राहक खोज्ने गर्दथे । ठमेलका एक रात्रीकालिन व्यवसायीका अनुसार ठमेलका सबैजसो डिस्कोहरुमा विदेशी युवतीहरु ग्राहक खोज्दै पुग्ने गरेका छन् । त्यसमा चिनियाँ, रसियन, उज्वेगिस्तान लगायत देशका युवती हुने गरेका छन् । यसमा कतिपय क्लब सञ्चालकहरुको समेत मिलेमतो हुने गरेको स्रोत बताउँछ ।

केही वर्षअघि यस्तो गतिविधिमा संलग्न १० चिनियाँ युवतीलाई निष्काशन समेत गरिएको थियो । नेपालले विदेशीलाई सहजै भिसा दिने र आन्तरिक नियमन प्रणाली पनि कमजोर हुँदा अन्तर्राष्ट्रिय अ’पराधीका साथै यौ’नकर्मीले समेत नेपाललाई अखडा बनाउन थालेका हुन् । प्रहरीले पनि यस्तो धन्दामा आँखा चिम्लने गरेको छ ।

राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदै गएको छ : सभामुख
काठमाडौँ, २३ फागुन (रासस) :
सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानुन बनाउने तहसम्म पुगेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक उन्नतिका लागि प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन र परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन, वातावरण संरक्षण र सम्बद्र्धनका लागि अभाव भएका कानुन बनाउन, भएका कानुन कार्यान्वयन गर्न र यस क्षेत्रमा देखा परेको चुनौतीको सामना गर्न सम्बन्धित सबैले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले महासङ्घले महिलाको नेतृत्व विकासका लागि ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा महिलाको आर्थिक आत्मनिर्भरताका क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । महासङ्घका महासचिव विर्षबहादुर शाही, सचिव ठाकुर भण्डारी, कार्यकारी निर्देशक डा सीता अर्यालले महासङ्घका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घमा विगतमा रहेर काम गर्नुभएका हाल प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई सम्मान गरिएको थियो ।—