काठमाडौं – निर्माता छविराज ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउने भउका छन् । ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् ।
उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चले पनि अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको हो ।
छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा गरेकी छिन् । फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने छन् ।
तिन जना नायिका केन्द्रित फिल्मलाई ज्ञानेन्द्रले दर्शकलाई मन पर्ने तरिकाले बनाउने तयारी गरे पनि अर्कि नायिका भने फाइनल हुन बााकी छ । ज्ञानेन्द्रले नै छविराजको ‘जेल ब्रेकर’लाई समेत निर्देशन गर्ने तयारी छ ।
अन्य समाचार / को हुन हर्क साम्पाङ ? हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए ।
उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे ।
अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।
सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिम्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रे ।
यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रह्यो। ‘सतिसाल’झैं नागरिकका सानातिना समस्यामा उनी आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् । जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ ।
त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन् । ‘यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गरे। उनीहरुप्रति धेरै कृतज्ञ छु’, नवनिर्वाचित साम्पाङले भने ।
विसं २०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ । उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन् । ‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ’, उनले भने ।