राजेश पायल राईले आरोपको खण्डन गर्दै प्रमाण ल्याउन दिए चुनौती

Spread the love

काठमाडौँ । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । उनले एउटा स्टाटसकै भरमा बिना प्रमाण मानहानी गरिएको भन्दै दुःख पोखेका छन् ।

गम्भिर आपती🤺प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु ||

एउटा Status कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Describtion दिन मिल्छ ? मेरो ब्यक्तिगत details छाप्न मिल्छ ?? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म challenge दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु🤟हिजो घटेको घटना रहेछ बच्चालाई hospital लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन🇳🇵यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे ??? र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ ।

उनले आफ्नो भलो नचिताउने, करियर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको पनि बताएका छन् ।