अष्ट्रेलिया बस्ने युवकको प्रेममा एलिना चौहान

Spread the love

अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको छ ।

उनको टिकटकमा देखिएका युवक हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले केही नेपाली गीतहरु पनि गाएका छन् । लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु र एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले बताएको छ ।

एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीवेला उनीहरुको भेट भएको र प्रेममा परेको स्रोतको दाबी छ । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए । उनीहरुले नेपालमा एउटा युगल गीत पनि गाए ।

‘बाजा तालमा’ बोलको सो गीत मायालु इन्टरटेनमेन्ट्सबाट गत नोभेम्बरमा अपलोड भएको थियो । जिवेश गुरुङ, समारिका स्मारिका, विजय पुनलगायतले अभिनय गरेको म्युजिक भिडियो खासै चलेन ।

करिब दुई वर्षअघि गाएको ‘धोकेबाज’ गीत अहिले एकाएक भाइरल भएसँगै एलिनाको विदेशमा समेत डिमान्ड ह्वात्तै बढेको छ । उनले फेरि पनि अष्ट्रेलियालाई प्राथमिकतामा राखिन् । त्यहाँ आयोजना हुने कार्यक्रमको विष्णुले नै व्यवस्थापन गरेको बुझिएको छ । विमानस्थलमा एलिनालाई स्वागत गर्न पनि उनी आफैं पुगेका थिए ।

अष्ट्रेलियामा विष्णु र एलिनाको प्रेम राम्रैसँग झाँगिएको छ । एलिनालाई विष्णुले नै सबै सहयोग गरिरहेका छन् । उनीहरुले एक(डेढ वर्षभित्र बिहेको प्लान समेत गरिरहेको बताइन्छ ।

एलिनाले विष्णुसँगको एउटा टिकटक भिडियोमा ३बदिष्कबछछ ह्यासट्याग लेखेकी छन् । दुईजनाको नाम जोडेर उनले यो ह्यासट्याग बनाएको अड्कल गर्न सकिन्छ । भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । तर, एलिनाले कसैलाई रिप्लाइ गरेकी छैनन् ।

यता विष्णुको टिकटक अकाउन्टमा भने एलिनासँगका टिकटक भिडियो बाक्लै भेटिएका छन् । उनले पुस ३० मा एलिनाको एउटा गीतमा डुयट भिडियो बनाएर हालेका थिए, जसको बोल छ( चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी‘। उक्त भिडियोमा एलिनाले ‘ल ल छाड्दिनँ’ भनेर कमेन्ट गरेकी छन् ।

टिकटकमा उनीहरुको गतिविधि हेर्दा यो जोडी अब आफूहरुको प्रेमलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ ।

विवाह गरेपछि पनि नेपालमै बसेर संगीत क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् । चर्चित डान्सरद्वय स्मारिका र समारिका उनीसँगै बस्छन् ।

विष्णुको घर चाहिं बाग्लुङ हो । उनी गीत गाउनुका साथै लेख्ने पनि गर्छन् । विष्णुको लिरिक्समा केही गीत एलिनाले गाएकी छन् ।