मासु खान हुने या नहुने सम्बन्धमा बौद्ध अनुयायिहरू(गृहस्थ या भिक्षु)हरूमा ठुलो मतभेद देखिन्छ । विभिन्न क्षेत्र तथा व्यक्ति विशेष अनुसारको व्याख्या गरेको देखिन्छ । कोही मासु खान हुने पक्षको जोडदार तर्क गर्दछन् भने कसैले खानै नहुने व्याख्या गर्दछन् ।
यो समस्या नेपालमा मात्र होइन, भारत, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, जापान, चाइना सबै देशमा भिक्षु अनुसार विनय फरक–फरक देखिन्छ । व्याख्या फरक–फरक भएकाले विनय फरक हुनु स्वभाविक हो, तर के धर्म अनुसार मासु खान हुन्छ या हुँदैन यो भने आजको खोजको विषय हो किनकी सबै बौद्धधर्मको आधारभूत सिद्धान्त अवश्य एकै हुनु पर्दछ र व्याख्या पनि एकै:
खान हुने तर्कहरू बुद्धकालिन समयमा एक भिक्षु देवदत्त विनयत्रा शाकाहारी हुनुपर्छ भन्ने तर्कमा असहमति जनाउँदै बुद्धले भन्नुहुन्छ “तिन प्रकारले शुद्ध मासु खान हुन्छ ।’ १) यस्तो मासु जुन तिमीले मारेका छैनौ, २) तिमीले मारेको देखेका छैनौ, ३) तिम्रो लागि भनेर मारेको छैन । यि तिन शुद्धतामा मासु खान हुन्छ । भनि विनय पिटाकको भिक्षु विनयमा भएकाले खान हुन्छ ।
भिक्षु विनयमा “माग्नेले रोज्न पाउँदैन” भन्ने नियमा रही दाताप्रति कृतज्ञ भई भिक्षु जीवन जिउनु पर्छ । दाताले के समान दियो भनि रोज्न पाइदैन ।
भगवान बुद्धको अन्तिम भोजन पामा क्षेत्रको चुन्दा भन्ने फलामको काम गर्ने(कामी) को घरमा भएको थियो ।
बुद्धकै आदेश अनुरूप चुन्दाले सुंगुर (न बच्चा न बुडो) उमेरको ठिक्क वयस्क सुंगुरको मासु पकाउन लगाई खानु भएको थियो । जसको कारणले पेट दुख्ने र पखाला लाग्ने रोग लागि असी वर्षको उमेरमा महापरिनिर्वाण (मृत्यु) प्राप्त भयो । यसैले स्वयम् बुद्धले खाएको हुनाले मासु खान हुन्छ ।
यसरी हेर्दा यी दमदार चार तर्कहरू छन् जसबाट बुद्ध विनियमा उल्लेख भए बमोजिम मासु खान हुन्छ ।
तिन प्रकारले शुद्ध मासु पौष्टिक तŒवको हिसाबले उत्कृष्ट या उच्चकोटिको खानामा राखिएको माछा मासु अवश्य भावी खान हुन्छ भने बुद्ध विनयको मुख्य आधार माग्नेले रोज्न पाउँदैन यस कारण पनि भिक्षा पात्रमा परेको चिज या वस्तु खान मिल्दछ । जुन भिक्षा पात्रमा परेको हुन्छ । उक्त मासु न त आफुले मारिएको हुन्छ, न आफुले मारेको देखिएको नै न त आफ्नो लागि भनेर मारेको हुन्छ त्यो त दानमा प्राप्त भएकाले पनि अवश्य धर्ममा मासु खान मिल्दछ ।
मासु खान नहुने तर्क ः
महायानि अनुसार: बुद्ध भन्नुहुन्छ मासु काट्ने र किन्ने दुबै नर्कमा (दुःखमा) पर्ने कार्यको क्षेत्र भित्र पर्दछ । बुद्ध भन्नुहुन्छ १७ ओटा निम्न खराब कार्यहरू हुन् । यस्ता खराब कार्यले पुनर्जन्म गराउँछ । योजना मुक्ताविक
अर्कालाई पीडा दिनुले पुनर्जन्म(नर्क) प्राप्त हुन्छ । ति १७ कार्यहरू (१) नाफाको लागि भेडा बाख्रा पाल्नु, खुवाउनु (२) नाफाको लागि भेडा बाख्रा किन्नु मार्नु, (३) नाफाको लागि सुंगुर पाल्नु, बढाउनु (४) नाफाको लागि सुंगुर किन्नु, मार्नु (५) नाफाको लागि बाच्छो पाल्नु, खुवाउनु, (६) नाफाको लागि बाच्छो किन्नु, मार्नु (७) नाफाको लागि कुखुरो पाल्नु, खुवाउनु (८) नाफाको लागि कुखुरा किन्नु, मार्नु (९) नाफाको लागि माछा पाल्नु, खुवाउनु (१०) नाफाको लागि माछा किन्नु, मार्नु (११) शिकार खेल्नु (१२) लुट्नु (१३) माछा बेच्नु (१४) चरा छोप्नु (१५) कुरौटे हुनु (१६) अर्कालाई बन्दि बनाउनु (१७) टोक्ने कार्य गर्नु ।
भगवान् बुद्ध भन्नुहुन्छ “म मेरो अनुयायीहरूलाई मासु खाने अनुमति दिने छैन । भिक्षा पात्रमा पाउँछौ त बुझ आफ्नै सन्तानको चौटा खाँदै छौ । किनकी धम्म अनुसार मानिस पुनर्जन्म भई पशु, मनुष्य, देव योनिमा जन्मन सक्छ । हाम्रै कतिपय नातेदार यो उक्त पशु भइ जन्मीएका होलान यसैले आफ्नै सन्तानको मासु खाए सरह हुने हुनाले मासु खान हुँदैन भन्नु भएको छ ।
अर्को तर्फ मासु खान प्राणी पाल्नु पर्ने र खुवाउने ओसार, पोसार गर्ने, नाफाको निम्ति बाध्ने, बेच्ने, मार्ने यि सबै कार्यहरू गर्नु पर्दछ । त्यी सबै कार्य मासु पाउने योजना मुताविक गरिने कार्य हुन अर्थात् जानी जानी गरिने कार्यहरू हुन् । त्यसैले मासु खान कुनै पनि हालतमा मिल्दैन ।
हे कश्यप–म यस्तो नराम्रो गन्ध दिने, बिरामीको कारण हुने, मासु मेरो अनुयायीहरूलाई आजैबाट नखान भन्दछु । खाएमा दुर्गन्धले अरुले नराम्रो सोच्ने तथा सिंहको छेउमा गए जस्तो डरले पनि नराम्रो सोच्ने छ । बोधिसत्व कश्यपले सोध्नु हुन्छ, किन तथा गतले मासु नखान भन्नुहुन्छ ? बुद्ध भन्नुहुन्छ “जस्ले मासु खान्छ उसले दयाको वीउ मार्दछ ।
थेरावाद अनुसारः भिक्षुले पानी पिउनुभन्दा अगाडि पानीमा रहने, देखिने प्राणीहरू मूलवश पनि नमरुन भनी पानीलाई छानेर पिउने भनिएको छ । यसले बताउँदछ कि प्राणी जीवजन्तु हत्या नहोस् भन्ने मर्म । यसको मुख्य मर्म हत्या नै नहोस् भन्ने हो । तिपिटकका विभिन्न निम्नलिखित सुक्तहरू अध्ययन गर्दा पाउँछौ कि जीव हत्या र मासुको भोजन विलकुलै वर्जित थियो ।