रिया घले र रमेश परियारको तीज कोसेली ‘भएन उज्यालो शीर बरिलै’ सार्वजनिक (भिडियोसहित)

Spread the love

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय गायिका रिया घलेको तिज गित ‘भएन उज्यालो शीर बरिलै’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रियाले तिज कोसेलीलाई निरन्तरता दिएकि छिन् ।

गायिका रिया घलेको स्वरमा ‘भएन उज्यालो शीर बरिलै’ बोलको तिज गीत रिया घले युटुव च्यानलबाट हिजो सार्वजनिक भएको हो । रमेश परियारको लय शब्द रहेको गीतमा मंहगी, स्वास्थ्य सुविधामा भोग्नु परेका असहजता लगायत सन्देश समावेश गरिएका छन्। घरको नाजुक अवस्थाका कारण विवाह गर्न नपाएको र समाजले अनेकन कुरा काटेको सुन्दा खै कसले बुझ्छ र पिर बरिलै भन्दै नारीले विलौना पोखिएका दृश्य गीतमा देख्न पाइन्छ।

मौसम हिमालीले गीतको भिडियो निर्देशन गरेका छन्। रमा थपलिया, रिया र खेम नेपालीको अभिनय रहेको म्युजिक भिडियो सम्पादन नविन घर्तीले गरेका छन्।

भिडियो हेर्नुहोस्: