मेलबर्नमा बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम

Spread the love

३१ अगस्ट, मेलबर्न, अस्ट्रेकिया: कल्चर, आर्टस एन्ड ल्याङ्वेज अकाडेमीको आयोजनामा क्याम्प रोड ब्रोडमिडोजस्थित ज्याक रोपर रिजर्भ मेलबर्नमा बिधिपूर्बक गरिनुपर्ने बिधि अनुरुप जनैपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । आबस्यक मन्त्रोच्चारण सहित गरिएको बिधिपूर्बकको पूजा आजापछि पुरोहितद्ध्यद्धारा कार्यक्रममा उपस्थित सबैलाई जनैपूर्णिमाको डोरो बाँधिएको थियो । डोरो बाँधिएपछि सबैलाई पन्चामृत, प्रसाद, क्वाँती र चियापानको ब्यबस्था गरिएको थियो ।

कार्यक्रममा धार्मिक गीतमा नाचगान पनि गरिएको थियो ।

कार्यक्रममा श्री कृष्ण खड्काले उपस्थित सबैलाई “Buddha born Nepal” भन्दै आफ्नै किसिमले प्रशाद बाँडेका थिए ।

पुजापस्चात डोरो बाँध्नु अघि पन्डित शंकर गौतमले जनैपूर्णिमा (ऋषि तर्पणी), रक्षा बन्धनको अर्थ र महत्वबारे प्रकाश पार्दै जनैका दुई शिखा हुने र तीमध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका योग मानिनेबारे प्रस्ट्याएका थिए ।

कार्यक्रममा मेलबर्नका बिभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

त्यसै गरी अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) हाताभित्र पनि पहिलो पटक जनैपूर्णिमा कार्यक्रमा मनाइएको थियो ।

नाचगानको एउटा भिडियो