तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक

Spread the love

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।

यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए । उनका अनुसार चाडैं इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भैरहेको छ । आउँदो तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्न लागेको फिल्म युनिटले ‘चारदाम’को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ । यो फिल्मलाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्सन गर्ने निर्माण युनिटको योजना रहेको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । फिल्म ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चारदाममा दिपक लिम्बू र मुना ठटालले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईले संगीत गरेको गीतमा बजगाई र निर्देशक लाखमानको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।