९ बर्षको उमेरमा नै १५ पुस्तक लेख्ने खुशी खनालका कारण इतिहासमै पहिलो पटक कविताको जन्मदिन मनाइयो

Spread the love

१३ अप्रिल: २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १,००० भन्दा बढी कविता लेखी १२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा अध्ययनरत ९ बर्षिया खुसी खनालले पहिलो कविता लेखेको दिनको जन्मदिन मनाउने चाहना राखेकीले लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको संयोजनमा जुम मार्फत उन्को पहिलो कविताको जन्मदिन मनाइएको छ र संभवत इतिहासमा यसरी कविताको जन्म दिन मनाइएको यो नै पहिलो हो ।

कार्यक्रममा श्रेष्ठले खुशीको बिलक्षण प्रतिभा र उन्का कामका कारण उनी नेपालकी छोरी भएकीले सबै नेपाली र विस्व समुदायका बीच उन्लाई पुर्याउन सबैले आ-आफ्नो क्षमताले भ्याएसम्म योगदान दिनुपर्ने बताए ।

नेपाललाई विस्वमा योग र तपोभूमिका रुपमा चिनाइनुपर्छ भन्ने महान उद्धेस्यका साथ The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) मार्फत विस्वभरी योग र ध्यानको अभियान सन्चालन गरिराखेका, ३ विस्व रेकर्ड राख्नु भएका र Fiji Ministry of Foreign Affairs मा नेपाल- फिजि सांस्कृतिक राजदूत र World Peace Council, UN Affiliation मा आबद्ध भएर काम गरिराख्नु भएका आचार्य राजनले हरेको ब्यक्तिभित्र प्रतिभा हुने र अधिकांश त्यस्को पहिचानको अभावमा सामान्य भएर जिउन वाध्य हुनेका बीच समयमा नै आफ्नो पहिचान गर्न सक्ता सानैमा बिलक्षण प्रतिभा देखाउन सक्नेमध्येकी खुशीलाई आफ्नो विस्व अभियान मार्फत धेरैको प्रेरणाको श्रोत बनाउन पहल गर्ने बताए ।

The first poem by Khushi

The Poet Idol का निर्णायक एवं कवी बिप्लव प्रतिकले आफू अप्रिल १३ देखि आफ्नो पुस्तक टुरमा हुने भएकोले कार्यक्रममा उपस्थित हुन नसके तापनि खुशीलाई आफ्नो असंख्य शुभकामना र उन्को कविताको जन्मदिनको धेरै शुभकामना भन्दै खुशीले खुशीलाई पच्छ्याइरहोस भन्ने लिखित सन्देश पठाएका थिए ।

कार्यक्रममा आचार्य राजनद्धारा ‘विस्व शान्ति’, रिटायर्ड सह-सचिब एबं ७ पुस्तकका लेखिका मोती शोभा श्रेष्ठद्धारा ‘चरा र मानिसको सम्बन्ध’, उद्योग बाणिज्य पत्रिकाका संपादक र गोरखकाली रबर उद्योगका प्रसाशकिय प्रमुखका भूमिका निर्बाह गरेका दिनार श्रेष्ठद्धारा ‘नयाँ बर्ष’, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ ओसेनियाका उपाध्यक्ष महेश्वर शर्माद्धारा ‘सुख’ र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ न्यू साउथ वेल्सका अध्यक्ष प्रकाश पौडेलद्धारा ‘प्रदुषण’ बिषय प्रदान गरिएकोमा खुशीले ती बिषयमा २३ मिनेट जतिमा कविता लेखेर सुनाएकी थिइन ।

कार्यक्रममा मोती शोभा श्रेष्ठ, दिनार श्रेष्ठ, महेश्वर शर्मा, प्रकाश पौडेल, अस्ट्रेलिया नेपाल पब्लिक लिंकका अध्यक्ष निराजन गौलीले पनि शुभ कामना मन्तब्य दिएका थिए भने गत बर्ष बेस्ट पप गायक अवार्ड प्राप्त गरेकी सोफिया थापाले खुशीको बारेमा सामाजिक सन्जाल मार्फत आफूले पनि आफ्नो सन्जालभित्र जानकारी गराउने प्रतिबद्धता जाहेर गरेकी थिइन ।

खुशी आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन । उन्को कविता Sahityapost अंग्रेजीमा साप्ताहिक रुपमा आउने गर्छ । उनका पुस्तकहरु www.khusikhanal.com मा उपलब्ध छन र उन्को युट्युब च्यानल पनि शुरु गरिएको छ https://www.youtube.com/@KHUSI-lc5hz ।

आफूलाई दिइने जुनसुकै शिर्षकमा पनि एक दिनमा एकसय वटा पोर्चुगिस र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने कुरा बताइन खुशीले ।

अमेरिका, अस्ट्रेलिया, पोर्तुगल र नेपालबाट सहभागिता जनाइएको उक्त कार्यक्रमको सन्चालन मुक्तककार सुशिल चालिसेले गरेका थिए र पोर्तुगलमा काटिएको केक खुशीका पिता भक्तिप्रसाद खनालले खुशीलाई ख्वाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Meditation – the title we gave in our first meeting