इनेपाल रोधिघरको प्रस्तुतिमा रहेको ‘पाले दाइ’ रातारात बन्यो भाइरल

Spread the love

लाइभ दोहोरीमा विगतदेखि आफ्नो दरो उपस्थिति जनाएको इनेपाल रोधिघरले बेला बेला नयाँ गीतहरू पनि सार्वजनिक गरिरहेको हुन्छ । केही समय पहिला रेलै सलल बोलको गीत सार्वजनिक गरेर निकै चर्चामा आएको थियो । अहिले सोही टिमले बसे है पाले दाइ बोलको गीत लिएर आएको छ ।

गीत सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै धेरै दर्शकको मन जित्न सफल भएको छ । सरकारी विद्यालयको परिवेशलाई गीतले आफ्नो कथामा जोडेको छ भने यसमा माया प्रेमलाई पनि जोडिएको छ । गीतको भाका भने पुरानो चर्चित भाकाबाट ल्याइएको हो ।

बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतको लय स्वर्गीय जयानन्द लामाले सिर्जना गरेका हुन । गीतमा बद्रि पंगेनी, बालकुकार श्रेष्ठ, श्याम राना, अस्मिता डल्लाकोटी, रवि कार्की, सुमन परियार, चोलेन्द्र पौडेल, सुमित्रा कोइराला, बालिका तामाङ लगायतका कलाकारहरूले आवाज दिएका छन । भिडियोमा  बिजय पुन र करिष्मा ढकाल लगायत कलाकारहरुको मौलिक अभियान सहितको नृत्यले समेत गीतको थप उचाई बढाउन मद्दत गरेको देखिन्छ।

इनेपाल रोधिघरले बजार व्यवस्थापन गरेको गीतलाई छोटो समयमै धेरै राम्रो प्रतिक्रियाहरू आइरहेको कम्पनीका सञ्चालक राजन क्षेत्रीले बताउनु भयो । राजन क्षेत्री निर्माता रहनु भएको प्रस्तुत गीतमा विष्णु तामाङले संगीत संयोजन र विष्णु शर्माले निर्देशन गरेका छन । यो गीतलाई ईनेपाल खबर अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्बजनिक गरिएको छ ।