रिता थापा मगरको ‘ए आमा जाम भन्यो मलाई’ महिना दिनमै करोड क्लब

Spread the love

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ छोटो समयमै करोड क्लबमा प्रवेश गरेको छ।

गीतमा गाउँघरमा बोलिने ठेट भाषालाई शब्दमा उतारिएको छ । झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा देश विदेशका दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएकी थिइन् । त्यतिबेलै गीतलाई दर्शक श्रोताले अत्याधिक रुचाएका थिए । आएको गीत “ए आमा जाम भन्यो मलाई” धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा केही परिमार्जन सहित बजारमा सार्वजानिक गरिएको हो ।

यो गीत धेरै दिनसम्म युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पर्न सफल भएको थियो। फेसबुक रिल्स र टिकटकमा समेत गीतले सुरूका दिनदेखि अहिलेसम्म यो गीतले राम्रो चर्चा र स्थान पाइरहेको छ । गीतको भिडियोलाई हालसम्म दुई हजार सत्तरी कमेन्ट आएका छन् । कमेन्ट थपिरहेका छन् । सबै कमेन्टमा गीतको सबै पक्षको तारिफ गरिएको छ ।

गायिका रिता थापा मगरको आवाजमा एकनारायण भण्डारीको शब्द , स्यमं गायिका थापाको संगीत रहेको छ । संगीत संयोजन भने श्याम श्वेत रसाइलीले गरेका हुन् ।

मौसम हिमालीको निर्देशनमा बनेको गीतको भिडियोमा गाउँले युवति लाहुरेको माया जालमा फसेको कथालाई उठान गरिएको छ । प्रकाश सुपुत र सनिषा भट्टराईको मुख्य भुमिका रहेको छ । बुद्व थापाको छाँयाङकन र मनोज कार्किको सम्पादनमा रहेको गीतको भिडियोलाई रिता थापा मगर अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

सार्वजनिक भएको १ महिनामै यो गीतलाई युट्युबमा १ करोड बढी पटक हेरिएको हो।

https://youtu.be/rTtihzkOPc0?si=xkTx48wUcNDD93hm