अस्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सन्जिव शर्मा र भिक्टोरिया राज्यका लागि निराजन गौली वाणिज्य दूत नियुक्त

Spread the love

अस्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सन्जिव शर्मा र भिक्टोरिया राज्यका लागि निराजन गौली अवैतनिक वाणिज्य दूत नियुक्त भएका छन ।

न्यू साउथ वेल्स राज्यका लागि वाणिज्य दूत नियुक्त भएका शर्मा एक्सपर्ट ग्रुपका सञ्चालक हुन । उनले अस्ट्रेलियामा मात्र नभएर नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी गरेका छन भने रारामा आधुनिक रिसोर्ट खोल्ने तयारीमा छन ।

भिक्टोरियाका लागि वाणिज्य दूत नियुक्त भएका गौली पेशाले इन्जिनियर र व्यवसायी हुन । यहाँको सरकारी निकायमा काम गरिसकेका उनले मानसिक स्वास्थ्य, सडक सुरक्षालगायतका विषयमा विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन ।

अन्तरराष्ट्रिय पत्रिका इकोनोमिस्टमा प्रकाशित पुरानो जानकारी अनुसार वेलायत, फ्रान्स, जर्मन र अमेरिकाका नेताहरुको सरदर उमेर ७० बर्षभन्दा माथि देखिएकोमा ७० देखि ८० को दशकमा नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । २०१० सम्मका नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । यी बाहेक अन्य बिकसित देशहरुमा समेत नेताहरुको उमेर प्रायश: ६० भन्दा कम देखिन्छ । हरेक कुरा तिब्र गतिमा परिवर्तनशील आजको बिज्ञान र प्रबिधिको युगमा राष्ट्रिय, अन्तराष्ट्रिय र बिभिन्न पुस्ताहरुका बीच सन्तुलन कायम गर्न पनि यो उमेरका ब्यक्तिहरुको नेतृत्वदायी भूमिका उपयुक्त देखिन्छ । प्राप्त जिम्मेवारी पुरा गर्नुपर्ने जिम्मेवारी बोधका कारण पश्चिमा देशहरुमा सकभर पाएको जिमेवारीबाट समेत पन्छनेहरु प्रसस्त पाईन्छन, तर हामीकहाँ अधिकारमुखी मात्रै भएर व्यबहारमा कर्तब्यबोध नभएकाहरु बलेको आगो बन्न र केही गर्न नसके पनि सुबिधाको उपभोग गर्न बिना संकोच तछाड मछाड गर्नेहरुको हावी देखिन्छ र यही मानसिकता हामी अगाडि बढ्न नसक्नुको एक प्रमुख कारक मानिने भएकाले युवा नेतृत्वको आवश्यक्तामाथि आज चर्को रुपमा आवाज उठिरहेको छ ।

आफ्नो ४ वर्षको कार्यकाल समाप्त हुनुअघि नै दीपक खड्काले न्यू साउथ वेल्सको महावाणिज्यदूतबाट राजिनामा दिनु र दुई राज्यमा शर्मा र गौली जस्ता युवा वाणिज्य दूतका रुपमा आउनु उपर्युक्त सन्दर्भमा सकारात्मक हो । कार्यकाल बाँकी हुँदैमा खड्काले राजिनामा दिनु समय सान्दर्भिक र विकसित देशबाट सिक्नुपर्ने कुरालाई अंगिकार गर्दै नेपालमा बस्नेहरुलाई त्यस्को सन्देश दिनु प्रसंशनिय हो भलै सन्देशको रुपमा लिनुपर्नेले लिउन वा नलिउन – त्यो उनीहरुको समस्या हो ।

शर्मा र गौली दुबैमा फराकिलो सोंचका साथ सबैलाई समेटेर फरक ढंगले अगाडि बढ्दै युवाको कार्यशैली उदाहरणिय बनाउनुपर्ने अबसर र चुनौति एकसाथ छन । यस्का लागि बोल्नुभन्दा बढी काम गरेर देखाउनु बढी उपयुक्त हुन्छ ।

शर्मा र गौली दुबैलाई हार्दिक बधाई एबं कार्यकाल उल्लेख्य उपलब्धीका साथ सम्पन्न गर्दै महावाणिज्यदूतका रुपमा अर्को कार्यकालको अबसर पाउन – हार्दिक शुभेच्छा!

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘अनेसास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक