बिष्णु माझीले बर्षौपछि गाएको गित रातारात बन्यो भाइरल, विमल र निहारीकाको जोडी चर्चामा

Spread the love

लोकप्रिय गायिका विष्णु माझीसँगको सहकार्यमा संगीतकार रामु खड्काले नयाँ कोसेली ‘तिम्रो नयाँ जिन्दगी सफल होस्’ बोलको गीत ल्याएका छन् । केही दिनअघि मात्रै युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतकोे भिडियो ट्रेन्डिङमा समेत पर्न सफल भएको संगीतकार खड्काले बताए ।

खड्काले संगीत भरेर आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यस गीतमा गायिका विष्णु माझी र खेम संगीतको युगल आवाज सुन्न सकिन्छ । सन्ध्या केसीको शब्द रचना रहेको उक्त गीतमा माया प्रेमका भावना र जिन्दगीको यात्रालाई समेत समावेश गरिएको संगीतकार खड्काले बताए ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा मदन खड्काको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन तथा दिपक विष्टले भिडियो सम्पादन गरेका हुन् ।

त्यसैगरी उक्त भिडियोमा मोडल विमल अधिकारी र निहारीका थापाले अभिनय गरेका छन् । यसअघि पनि धेरै गीतहरू बजारमा ल्याइसकेका संगीतकार खड्काले यस नयाँ गीतले पनि पहिलेका गीतले जस्तै सफलता दिलाउनेमा आफू विश्वस्त रहेको बताए ।