दोहोरी गायक रबिन लामिछाने र रेजिना परियार गोर्खाली समाजको कार्यक्रमको लागि बेलायत जाँदै

Spread the love

पछिल्लो समयका जल्दो बल्दो लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकि धनी लोक दोहोरी गायिका रेजिना परियार साँगितिक कार्यक्रमको लागि बेलायत जाने भयका छन। गोर्खाली समाज बेलायतले यहि जुलाई २० मा आयोजना गर्न लागेको बिबिक्यु साँगितिक धामाकाको लागि उनिहरु दुवै जना बेलायत जान लागेका हुन्।

गायक रबिनले फेसबुक मा लेखे अनुसार उनलाई पहिले बेलायतले भिजा दिन अस्विकार गरे पनि यसपालि भने भिजा दियको हो। उनले यो क्षणलाई ठूलो सपना पूरा भयको दिन भन्दै खुसि ब्यक्त गरेका छन। त्यसै गरि गायिका परियारले आफूले दशौ बर्स गीत सङ्गीतमा संघर्स गरेको र बिस्तारै अबसरहरु पाइराखेको अबस्थामा यो कार्यक्रम ठूलो कोशेढुङ्गा भयको कुरा ब्यक्त गरिन्।  दुबै जना कलाकारहरु लाइभ दोहोरिमा अब्बल मानिन्छन भने धेरै एल्बमहरुमा आवाज पनि दियका छन्।

रबिन गायक मात्र नभैकन राम्रो सर्जक पनि हुन। गोर्खाको माटो ले जन्मायका दुई जना होनाहार कलाकार लाई बेलायत बोलाउन सफल भयकोमा गोर्खाली समाज बेलायत अनि आफू ब्यक्तिगत रुपमा पनि निक्कै खुसी भयको समाजका अध्यक्ष हेम गुरुङ्गले जानकारी दिए। जुलाई २० को कार्यक्रमको भव्य तयारी भै रहेको र उल्लेखनिय उपस्थिती रहने कुरा गुरुङ्गले जानकारी दिय। हाल बेलायतमा धेरै शंख्यामा कलाकार प्रस्तुती को लागि पुगेका छन।  त्यो मध्य रबिन र रेजिनाको दोहोरी सुन्न धेरै दर्शकहरु आतुर रहेको कुरा लोक दोहोरी पारखी एबम समाज को बरिस्ठ उपाध्यक्ष टक माया गुरुङ्ग ले जानकारी दिइन।  समाजका उपाध्यक्ष ग्यानेन्द्र आलेले सधै को कार्यक्रम भन्दा यसपालि अझै बिशेष हुने कुरा हामीलाई बताउनु भयो । हाम्रो मिडियाको तर्फ बाट दुबै जना कलाकार लाई सफल साँगितिक भ्रमण को सुभकामना।