गायक धनराज चुनाराको ‘सालको पातैमा’ सार्वजनिक

Spread the love

गायक धनराज चुनारा र विष्णुमाया विश्वकर्माको आवाजमा ‘सालको पातैमा’ बोलको झ्याउरे गीत सार्वजनिक भएको छ।

टिका सानु युटुब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको लय तथा शब्द गायक स्वयमको रहेको छ भने एरेन्ज बलु तामाङले गरेका छन्।

गाँउ घरमा रमाइलो जमघटका बेलामा गरिने नृत्य गीतमा देख्न सकिन्छ। उक्त गीतको भिडियोमा दिलु सुनार र आरुसी मगरको उत्कृष्ट नृत्य देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफि तथा निर्देशन भने दिलु सुनारले गरेका हुन्।