१७ जुलाई, मेलबर्न: बिदेशमा आफ्नै जीवन यापनका लागि दौडधुपमा नै कतिपयको समय सकिएको हुन्छ – काम र परिवार र यदाकदा नजिककाहरुसंग केही सामाजिक गतिबिधिको घेराबाट बाहिर आउनै नसक्नेहरुको संख्या अधिक हुन्छ । त्यो घेरा तोडेर पारिवारिक सन्तुलन कायम गर्दै समुदायको र आ-आफ्नो रुची अनुसारको बिभिन्न किसिमका सामाजिक काममा लाग्दै अगाडि बढ्नु चुनौतिपूर्ण काम हो कामलाई गम्भिरतापूर्वक कामकै रुपमा लिनै पर्ने देशहरुमा । त्यो किसिमको सन्तुलनलाई कायम गर्दै अगाडि बढ्नेमा एक हुन मेलबर्न निवासी अन्जु अधिकारी ।
स्वास्थ्य एबं मानविय सेवा बिभागमा कार्यरत अन्जु मेलबर्नमा बसेर पनि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहन्छिन । हिजो मात्रै उन्ले मुख्य गरी मेलबर्नको नेपाली मन्दिर र ग्लेनरोइ पुस्तकालयमा छायांकन गरिएको ‘नाच माया चट्टै’ तीज गीत आफ्नै युट्युब च्यानल Anju Adhikari बाट सार्वजनिक गरेकी छिन ।
यस अघि मेलिना राई र प्रताप दासको स्वरमा अर्जुन ज्ञवालीसंग अन्जु अधिकारीको मूल भूमिका रहेको र शान्ति श्री परियार र खुमन अधिकारीको स्वर रहेको ‘वर मागेकी छु’ गीतमा उन्को एकल मूल भूमिका रहेको म्युजिक भिडियोहरु आइसकेका छन । त्यस्तै निशान भट्टराई र शान्ति श्री परियारको स्वरमा सुधिर श्रेष्ठसंग अन्जुको मूल भूमिका रहेको ‘त्रिशुलीको तिरैमा’ र बिशाल निरौला र अस्मिता अधिकारिको स्वरमा नवराज उप्रेतीसंग उन्को मूल भूमिका रहेको ‘जिद्धी छ मन’ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन ।
त्यसै गरी रमेश थापासंग अन्जुको मूल भूमिका रहेको र शान्ति श्री परियार, प्रबिण सापकोटा, सरिता कार्की र जिबी सुनारको स्वर रहेको ‘एक, दुई, तीन, चार, पाँच’ तीज गीत र प्रमोद खरेलको स्वरमा रमेश थापासंग उन्को मूल भूमिका रहेको ‘जोगी बनायो’ गीतको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन ।