राजन कार्कीको ‘हरहर महादेव’ युटुवदेखी टिकटकसम्म रातारात बन्यो भाईरल (भिडियो सहित)

Spread the love

काठमाडौं । श्रावण महिना लागेसँगै तीजका गीतहरु बजारमा ल्याउन लहर चलेकै समयमा गायक राजन कार्की युटुब च्यानलबाट विश्वभर सार्वजनिक भएको तीज गीत हरहर महादेव सार्वजनिक भयको केहीदिनमै करिब ३ लाख दर्शकको माया पाउन सफल भएको छ ।

टिकटकमा पनि सर्वाधिक सफल भएको छ । श्रावण महिनामा विशेष गरी महादेवको आराधाना गर्ने महिमा भएको र गीतमा सोही अनुसार भएकोले दर्शकको मनमा बस्न सफल भएको छ ।

राजन कार्की, जीवन दाहाल, कमला सुनार र सान्ता बर्देवाको स्वरमा रहेको गीतमा गायक तथा मोडल तेजेस रेग्मी तथा मोडल अस्मिता रणपाल को नृत्य रहेको छ ।कुमार केसि को निर्देशनमा बनेको म्युजिक भिडियोमा रेशम दर्लामीले छायांकन तथा अमृत चापागाईंको संपादन रहेको छ । यम थापा मगरको एरेन्ज HBN किस्मतको मिक्सिङमा तयार भएको गित रेकर्डिङ 1DB HD मा रेकर्ड गरिएको हो । गायक कार्की गीत सार्वजनिक गरे लगत्तै सांगीतिक कार्यक्रमको लागि लन्डनमा रहेका छन् । लन्डनमा रहुन्जेल विभिन्न सांस्कृतिक कार्यकममा सहभागी हुने यस अनलाईनलाई जानकारी दिनु भयो, जुन गीतको सृजना गायक राजन कार्की आफै गरेका छन् ।