कोशी प्रदेशका पूर्व मन्त्री सांसद भक्ति प्रसाद सिटौला र अस्ट्रेलियाली सांसद स्टेभ म्याकघायसंग भेटबार्ता

Spread the love

१९ जुन, मेलबर्न, अस्ट्रेलिया: अस्ट्रेलिया भ्रमणमा रहेका कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री एबं प्रदेश न १ का राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले अस्ट्रेलियाको भिक्टोरिया राज्यका सांसद स्टेभ म्याकघायसंगसंग उन्कै कार्यालय मेलाबर्नको मेल्टनमा भेटबार्ता गरेका छन ।

नेता सिटौलाले अस्ट्रेलिया-नेपाल बन बिकास परियोजनाले नेपालका केही जिल्लाका नांगा प्राय: डाँडाहरुलाई हरियालीमा रुपान्तरण गरेर प्रभावकारी छाप छोडेका कारण नेपाली जनताले यो परियोजनाका कारण अस्ट्रेलियालाई सम्झिराख्ने भएकोले पर्यायवरण समस्याको अहिलेको समयमा यो परियोजनालाई पुन: सन्चालन गर्न पाए यस्ले दुई देशको सम्बन्धलाई मजबुतिकरण गर्ने बताए । अगाडि बताउने क्रममा नेता सिटौलाले युवा नेपालीहरुलाई अस्ट्रेलिया जस्तो विकसित देशले केही महिना अस्ट्रेलियामा काममा लगाएर नेपाल फर्काउने परिपाटीलाई संस्थागत गर्न सकिएमा यस्ले प्रबिधि हस्तान्तरण गरी नेपालको विकासमा योगदान दिन सक्ने बताए ।

नेता सिटौलाले नेपाल र अस्ट्रेलियाले एकार्कामा निर्यात गर्ने बस्तुहरुको फेयरिस्त पेश गर्दै आपसी हितका लागि नेपालबाट अस्ट्रेलिया आयात गर्न सकिने संभावित थप बिकल्पहरुको चर्चा गरे ।

नेता सिटौलाले सांसद म्याकघायलाई विस्वकै सर्बोच्च शिखर सगरमाथा र वुद्धको जन्मभूमि प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल भ्रमणका लागि निम्ता पनि दिए ।

सांसद स्टेभ म्याकघायले भेटघाटका क्रममा उठेका कुराहरुलाई आ-आफ्ना सीमाका आधारमा राज्य स्तर र संघिय स्तरबाट संबोधन गर्न सकिने कुराहरुलाई उपयुक्त च्यानल मार्फत गर्न प्रयास गरिने बताउँदै दुबै देशका संघिय संरचनाका बारे छलफल चलाए ।

सांसदसंगको भेटघाटपछि नेता सिटौलाले मेलबर्नको नेपाली मन्दिरको दर्शन गरे । दर्शनका क्रममा उन्ले नेपाली मन्दिरभित्र चल्न लागेको बिहे कार्यक्रममा पनि सहभागिता जनाउँदै बर बधुलाई आशिर्बाद प्रदान गरे । नेपाली मन्दिरको दर्शनपस्चात नेता सिटौलाले भिक्टोरियाका लागि नव नियुक्त अवैतनिक बाणिज्य दूत निराजन गौलीसंग शिस्टाचार भेट गरे ।

तिनवटै कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एवं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, धरानका सांसदका उप बिजेता उद्धव श्रेष्ठ, पानस अष्ट्रेलियाका महासचिव दुर्गा उप्रेती लगायत पानस अस्ट्रेलियाका दिनेश सिवाकोटी, पुषकर भट्टराई, राज कट्टेल आदिको उपस्थिति थियो ।