पशुपति शर्मा र धनश्याम रिजाल स्याङ्जा स्रष्टा सदनको अध्यक्ष र महासचिवमा र्निबिरोध निर्वाचित

Spread the love

स्याङ्जा स्रष्टा सदनको अध्यक्षमा पशुपति शर्मा र्निबिरोध निर्वाचन भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न स्याङ्जा स्रष्टा सदनको चौथो वार्षिक साधारणासभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्षमा र्निबिरोध निर्वाचित हुनुभएका हुन् ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा शिव हमाल, प्रथम उपाध्यक्षमा खुमन अधिकारी, द्धितीय उपाध्यक्षमा शंकर बिरही गुरुङ, महिला उपाध्यक्षमा भिमु गुरुङ निर्वाचित गर्नुभएका छन् । त्यसै सदनको महासचिवमा धनश्याम रिजाल र्निविरोध निर्वाचित हुनुभएका छन् ।

सदनको उपमहासचिवमा अर्जुन थापा, कोषाध्यक्षमा सुजन लम्साल, सचिवमा रमेश बाबु थापा, सविचमा प्रसाद लामिछाने, सहकोषाध्यक्षमा शिशिर पौडेल निर्विरोध चयन हुनुभएका छन् । सदस्यहरुमा क्रमशः राजु गुरुङ, माया गुरुङ, कमला गैह्रे, प्रकाश पराजुली, दिनेश क्षेत्री, सुनिता नेपाली, यज्ञ सापकोटा, अस्मिता रणपाल र पवित्रा काफ्ले निर्वाचित हुनुभएका छन् । सदनको प्रवक्तामा भने चेतन गोतामे चयन भएका छन् ।