नेपाली नर्सेज एसोसिएसन युके, स्कटल्याण्ड (NNAS) द्वारा नि:शुल्क स्वस्थ शिविर सञ्चालन कार्यक्रम सफलताका साथ सम्पन्न।।।

Spread the love

स्कटल्याण्ड। नेपाली नर्सेज एसोसिएसन युके, स्कटल्याण्ड (NNAS) ब्रान्च द्वारा 423 London Road, Calton Glasgow, G40 1AG मा आयोजित आजको नि:शुल्क स्वस्थ शिविर सञ्चालन कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।

नेपाली नर्सेस एसोसिएसन स्कटल्यान्डका अध्यक्ष, सरोजा अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डा. वरुण कुमार लाल (consultant-acute medicine and stroke wishaw general hospital) द्वारा डायबेटिक्स (diabetes), हाइपोटेन्सन (hypertension), कार्डियोभास्कुलर् (cardiovascular) सम्बन्धि सबै कुरालाई जनचेतनाको लागि पावरपोइन्ट प्रेजेन्टेसन द्वारा प्रत्येक बिषयको सरलताका साथ प्रस्तुत गरेका थिए। त्यस्तैगरी देवी कंडेल (lecturer napier university) द्वारा कार्यक्रममा awareness लागि डायबेटिक्सको बारेमा power point प्रिजेन्टेसन गरेका थिए। कार्यक्रममा डा. राधा अधिकारी, शारदा रायमाझी (पीएचडी नेपियर युनिभर्सिटी), अनुज श्रेष्ठ (सिनियर नर्स), सबिना बज्राचार्य (सिनियर नर्स), ज्योतिष सापकोटा (RGN), सबैको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो।

उक्त कार्यक्रममा निवर्तमान एनएनए (NNA) युकेका अध्यक्ष सुनिता गौतम लन्डनदेखि यस कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सफलीभूत बनाउन उल्लेखनीय भुमिका प्रदान गरेका थिए।

आजको यस नि:शुल्क स्वस्थ शिविर सञ्चालन कार्यक्रममा १०० जना भन्दा बढी जान समुदाय को सहभागीता रहेको थियो र कार्यक्रमको भरपूर उपयोग गरेका थिए र कार्यक्रम एकदम उपयोगिता रहेको सबैको तर्क रहेको थियो र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालनको लागि नेपाली नर्सेस एसोसिएसन युके, स्कटल्याण्ड ब्रान्च लाई अनुरोध आएको आएको कुरा अध्यक्ष अर्याल बताउछ। कार्यक्रममा नेपालबाट आउनुभएका बुवाआमाले निकै चाखका साथ आफ्नो प्रेसर, ब्लडसुगर चेकअप गर्रेका थिए। साथै कार्यक्रम धेरै नै जानकारीमूलक भएको बताएको छ।

त्यसैगरी आजको यस कार्यक्रमलाई सफल बनाउन ग्ल्यास्गो नेपाली एसोसिएसन, साउथसाइड नेपाली कम्युनिटी को धेरै ठूलो सहयोग का साथै कार्यक्रमको लागि स्थान र स्वयंसेवक साथीहरू द्वारा धेरै सहयोग प्रदान गरेका थिए। नेपाली नर्सेस एसोसिएसन स्कटल्याण्ड (NNAS) परिवार सम्पूर्ण आदर्णिय स्कटल्याण्डका महानुभावहरू, अतिथिहरू, स्वयंमसेवक साथीहरूलाई ह्रदय देखि हार्दिक धन्यवाद व्यक्त गरेका छन् र कार्यक्रमलाई निरन्तरता अगाडी बडाउने कुरा लाई जोड दिइएको छ।

धन्यवाद।