गायिका जेरिको आफ्नै जिवन कहानीमा आधारित तिज गित सार्वजनिक

Spread the love

अहिले नेपाली लोकदोहोरी, विशेष गरी तीजका गीतहरूले, निकै आलोचना खेपिरहेका छन्। तीजका गीतहरू तीजको मौलिक भाव बोकेका छैनन् र छाडा छन् भन्ने आलोचना भइरहेका बेला केही यस्ता गीतहरू पनि सार्वजनिक भइरहेका छन् जसले नेपाली तीजको मौलिक भावलाई समेटेका छन्।

यस्तै लोकप्रिय दोहोरी गायिका बबिता बानियां जेरीको निकै मौलिक र उत्कृष्ट तीज गीत ‘सितारा भरेको सारी’ भर्खर मात्र सार्वजनिक गरेका छन्। यस वर्ष सार्वजनिक भएका गीतहरूमध्ये केही मात्र मौलिक र सबै पक्षमा उत्कृष्ट रहेका छन्, र यो गीत पनि त्यही सूचीमा पर्ने देखिन्छ। गीतमा जेरीको यथार्थ जिवन कहानीसंगै एक प्रेमिकाको पिडा, बेदना र कहानी कति हुन्छ भन्ने कुरा गीत र भिडियोमार्फत देखाउन खोजिएको छ। देवी घर्तिको आवाज रहेको यस गीतको शब्द तथा लय सिर्जना बबिता बानियां जेरीले आफैंले गरेकी छिन्। गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेका छन्। गीतलाई सुनिल परियारले संगीत संयोजन गरेका छन्।

यता म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका छन् भने जेरी, प्रकाश सोनी रितु तामाङ्गको गीतमा उत्कृष्ट अभिनय देख्न सकिन्छ।

‘सितारा भरेको सारी’ तीज गीतले नेपाली तीजको मौलिकता र भावनालाई उजागर गर्दै दर्शकको मन जित्न सफल भएको छ।