बाल कुमारको सृजनामा राजु र सिताको स्वर, दिनमै लाखौ दर्शकको माया

Spread the love

नेपाली महिलाहरुको चाड तीजलाइ लक्षित “जिन्दगानी के रैछ” भर्खरै सार्बजनिक भएको छ। तीज गीतको नाममा नाङ्गो भल्गर बिकृति गीतहरुको भेल आइरहेको बेला मौलिक गीतहरु पनि केहि आइरहेको अवस्थामा यो गीतले केहि मलम लगाएको छ।

आशिस म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गीत बहुचर्चित गायक राजु परियार र सिता श्रेष्ठ को स्वरमा बजारमा गुन्जिएको हो । युवा सर्जक गायक बाल कुमार श्रेष्ठको शब्द/ सङ्गितमा सागर लम्साल बले र अनुशा पन्तको कारुणिक अभिनयमा स्मृति तिमल्सिनाको कोरियोग्राफि र राम्जि पन्तको निर्देशनमा करन चैसिरले क्यामेरामा कैद गरेका हुन भने बिश्नु शर्माले सम्पादन गरेका छन। गित एकै दिनमा एक लाख बढि दर्शकको नजर परेको छ भने टिकटकमा पनि रुचाउन थालिएको छ।

पारिवारिक कथालाइ केन्द्रीय कथा बस्तु बनाइएको गीतमा धनि केटासङ्ग सामान्य परिवारकि बुहारिले पाएको दुख पिडा र गाउको झुपडीमा रोमल्लिएको एक पुरुसको जिन्दगी शहर छिरेपछि तहसनहस भएको घटना समाबेश गर्न खोजिएको छ जति दुख गरेपनि केहि उपलब्धि गर्न न नसकेको अरुको प्रगति मात्रै देख्ने एक थकित युवाको कथा समेटिएको छ । Nepali Lok Geet Dohori नामक युट्युब बाट यो गीत सार्बजनिक भएको हो।