हाम्रो नेपाली समाज र सरल सहकारी को संयुक्त आयोजनामा मा तिज कार्यक्रम सम्पन्न

Spread the love

हाम्रो नेपाली समाज र सरल सहकारी को संयुक्त आयोजनामा मा तिज कार्यक्रम सम्पन्न भएको छ । Wolverhampton स्थित SITARA Hall मा सम्पन्न कार्यक्रममा करिब ४०० जना Wolverhampton वासी नेपालीको उपस्थिति रहेको थियो।उपस्थित सम्पूर्ण व्यक्ति हरुलाई निशुल्क दर खुवाएको कार्यक्रम निकै भव्यताको साथ सम्पन्न भयो ।

वाग्लुङ जिल्ला निवासी सामाजिक तथा शैक्षिक व्यक्तित्व श्री मेगनाथ गैरेको प्रमुख आतित्यताम सम्पन्न कार्यक्रमको अध्यक्षता हाम्रो नेपालीसमाजकी कार्यवाहक अध्यक्ष श्रीमती लक्ष्मी खरालले गर्नु भएको थियो। अन्य अतिथी को रूपमा नेपाल देखी Wolverhampton आउनु भएका आमा बुवा हरुलाई सम्मान गरेको थियो।

हालसालै प्रकासित GCAC को नतिजामा Wolverhampton निवासी देवी खनाल (Midlands Topper ) र Nepalbritain.com ले प्रदान गरेको को Media Personality Award 2024 प्रप्त गर्न सफल हाम्रो नेपाली समाज की पूर्व अध्यक्ष गोमा पौडेल लाई प्रमाणा पत्रसहित सम्मान गरेको थियो। एलिसा जोशी , श्रेया खराल, सोफी घिमिरे र रिस्ता सापकोटा ले नृत्य प्रस्तुत गरेको कार्यक्रमको संचालन समाजका महासचिव ईश्वर रिजाल ले गरेका थिए भने उपस्थित सम्पूर्ण लाई सरल सहकारीका अध्यक्ष गुरू भण्डारी ले आफ्नो स्वागत मन्तब्य राख्नु भएको थियो ।

लोकप्रिय गायिका कला लम्साल को वेजोड साङ्गितिक प्रस्तुती रहको कार्यक्रममा समाजका संथापक अध्यक्ष गंगाधर गौतम ले पनि आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो।