कुटुम्ब रोधीघरले जित्यो मौलिक तिज गित प्रतियोगिता

Spread the love

काठमाडौं । राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले तीजको अवसरमा आयोजित अन्तर दोहोरी साझ स्तरिय मौलिक तिज गित प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम नयाँ बसपार्कस्थित बिजीब्यांक्वेटको हलमा भव्य र सव्य रुपमा सम्पन्न गरेको छ । अन्तर दोहोरी साझ स्तरिय मौलिक तिज गित प्रतियोगितामा कुटुम्ब रोधीघर बिजयी हासिल गरेको छ ।  नेपाली लोक कला र नृत्यलाई मौलिक ढंगले प्रस्तुत गर्ने विभिन्न प्रतिस्पर्धी समूहबाट प्रथम स्थान हासिल गर्ने कुटुम्ब रोधीघर, द्वितीय स्थान हासिल गर्ने गोरखा मनकामना रोधी घर, तृतीय स्थान हासिल गर्ने नेपाली दोहोरी साँझ र सान्त्वना पुरस्कार डाँडाघरे रोधीघरलाई प्रदान गरिएको थियो ।

सोही कार्यक्रमको अवसरमा व्यवसायी संघले नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा लाई सम्मान गरेको छ ।७ दशक अघिदेखि नेपाली लोककला, संस्कृति, रंगमञ्च, नृत्य तथा चलचित्रको क्षेत्रमा अनवरत रुपमा योगदान दिएबापत पद्मश्री पुरस्कारबाट सम्मानित भइसक्नुभएका उहाँलाई संघको तर्फबाट नगद राशी रू २५ हजार ५ सय पचपन्न रुपैयाँसहितको कदर–पत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित भइसकेपछि राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले आफ्नो योगदानको कदर गरेकोमा धन्यवाद दिंदै संघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सरकारी तवरबाट बेवास्ता गरिएपनि निजी क्षेत्रबाट आफूले पाएको सम्मान र हौसलाले यस क्षेत्रमा थप योगदान दिन आफूलाई उत्प्रेरणा मिलेको उहाँको भनाई थियो ।

प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम संघका अध्यक्ष गुणराज खनालको सभापतित्वमा सम्पन्न भएको हो । स्रष्टा सम्मानपछि प्रमुख अतिथिको आसनबाट बोल्दै उपसभामुख रानाले नेपाली मौलिक लोकसंस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्याउने व्यक्तित्वलाई आफ्नो हातबाट सम्मान गर्न पाउँदा निकै खुशी लागेको र गौरवको महशुस भएको बताउनुभयो ।

सोही कार्यक्रमको अवसरमा काठमाडौं बसुन्धरास्थित ग्रीन सिटी हस्पिटलसँग संघका कार्यसमिति, साधारण सदस्य र संघमा आवद्ध सबै कलाकारलाई उपचारमा विशेष छूटको सम्झौता समेत भएको छ ।