वाचन साधिका माता सपना देवी लन्डनमा

Spread the love

नेपाल लगायत विश्वको ४० औं देशहरुमा पुगेर आफ्नो सुमधुर वाचन शैलीबाट प्रवासी नेपाली हरु लाई धर्म संस्कृतिको जागरण गराउदै जनमानसको मन जित्न सफल नेपालमा दर्जनौं आश्रमको निर्माण गरि उल्लेखनीय समाजसेवा समेत गर्दै आउनु भएकी माता सपना देवी यही सेप्टेम्बर 23देखि अक्टोबर 15 तारीख सम्म बेलायतको विभिन्न स्थानमा सत्सङ्ग एवं धार्मिक कार्यक्रमको लागि बेलायत आइपुगेकि छिन् ।
सोह्र श्रद्धा एवं नवरात्रीको अवसरमा विभिन्न मन्दिर र घरहरुमा भजन सत्सङ्ग गर्ने कार्यक्रम रहेको जानकारी हामीलाई प्राप्त भएको छ ।

विदुषी माता सपना देवी एवं भजन गायक योग गुरु केदार तिमल्सिनाको सत्सङ्ग कार्यक्रम

1. सेप्टेम्बर 27 तारीख west Drayton Sipson road. राजनारायण एवं इन्द्रावती रायमाझी परिवार गृह सत्सङ्ग

2. सेप्टेम्बर 28 तारीख खेम गुरुङ कमला गुरुङ गृह सत्सङ्ग

3. अक्टोबर 1 तारीख Uxbridge Rishika Thakuri, Barsha khati family गृह सत्सङ्ग

4. अक्टोबर तारीख भक्तमान सुनुवार परिवार गृह सत्सङ्ग

5. अक्टोबर 7 तारीख CATTERICK Darlington मा british Gorkhas & nepali community को आयोजनामा सत्सङ्ग कार्यक्रम

6.अक्टोबर 7 तारीख श्री पशुपतिनाथ मन्दिर शनिधाम बर्मिङ्गमा सत्सङ्ग कार्यक्रम

7.अक्टोबर 8 तारीख श्री दुर्गा मन्दिर बर्मिङ्गम इन्डियन मन्दिरमा सत्सङ्ग कार्यक्रम

8.अक्टोबर 10 तारीख पशुपति मन्दिर स्कटल्याण्ड सत्सङ्ग कार्यक्रम

9. अक्टोबर 11 तारीख श्री पशुपतिनाथ मन्दिर प्लमस्टेट साउथ इष्ट लन्डनमा दिब्य सत्सङ्ग कार्यक्रम

लन्डनको पाचौं पटक धार्मिक भ्रमण गरि रहनु भएकी माता सपना देवीको रिडिङ्ग , साउथ हल ,अल्डरसोट, बेइजिङ स्टोक लगायतका स्थानहरुमा पनि सत्सङ्ग कार्यक्रम हुने जानकारी Scotnepal online लाई प्राप्त भएको छ । आफु लाई पायक पर्ने स्थानहरुमा श्रद्धालु भक्तजनहरु लाई उपस्थित हुनु भइ आध्यात्मिक लाभ लिन हुन आयोजक परिवार को तर्फबाट सबैलाई सादर आमन्त्रण पनि गरिएको छ ।