पासा: पुच यूके स्कटल्याण्ड द्वारा म्ह्: पुजा, नयां वर्ष नेपाल संवत् ११४५ मनाएको छ। गत ०२ गते नोभेम्बर शनिबार एडण्वरा स्थित अरोमा रेस्टुरेन्ट हलमा आयोजित म्ह्: पुजा, नेपाल संवत् ११४५ कार्यक्रम भब्यतका साथ सम्पन्न भएकोछ।
पासा पुच गुथि यूके स्कटल्याण्डको नेतृत्वमा भएको भिन्तुना र्याली र्सगै औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो। उक्त र्यालीलाई नेवारी पहिरनमा सजिएर साना साना नानीहरू तथा महिला दिदीबहिनीहरु द्वारा स्वागत गरिएको थियो। उक्त र्यालीमा सम्पूर्ण अतिथीहरु लगायत सम्पूर्ण आदर्णिय स्थानीय स्कटल्याण्ड बासी तथा नेपाली दाजुभाई दिदीबहिनीहरू को सहभागी रहेको थिए। धिमे बाजा (ज्याफु बाजा) मा बैकुण्ठ महर्जन, राधा प्रजापति रहेका थिए।
सो अवसरमा नृत्य गुरू चरण प्रधान द्वारा उपत्यकामा प्रचलित सांस्कृतिक नाचको बेजोड नृत्य प्रस्तुत गरिएको थियो।
नेपाली बिशेष गरेर नेवारी संस्कृतीलाई प्रबर्धन गर्दै बेलायतमा रहेका हाम्रा भावी सन्ततीहरुमा पनि नेपाली परम्परा हस्तांतरण गर्ने उदेश्यले आयोजना गरिएको नेवाः भोय सबै लोकल तथा स्थानीय हरूको ऐकबद्दता र सहयोगमा सम्पन्न भएको छ। परम्परागत डेकोरेशन बिशिष्ट रहेको थियो।
कार्यक्रमलाई नृत्य गुरू चरण प्रधानले सुरूवात गर्दै म्ह्:पुजा कार्यक्रमको बिषेशताको बारेमा स्थानीय बासिन्दा रेमण्द कोलीन द्वारा सम्पूर्ण उपस्थित अतिथिहरूलाई बताएका थिए। त्यसपश्चात सकिला मानन्धरले म्ह्:पूजाको प्रक्रिया बिधिपुर्वक बिस्तारमा बुझाउँदै कार्यक्रम अघि बढाइएको थिए। साथै उक्त कार्यमा उपस्थित अग्रज तथा स्वयंमसेवक साथीहरूको सुझाव, सरसल्लाह अनुसार पुजा बिधि अगाडि बढाइएको थियो। कार्यक्रममा धिमे बाजा (ज्याफु बाजा), नृत्यसहित म्ह्: पूजाको मण्डप र यसको सजावट प्रमुख आकर्षण बनेको थियो।
कार्यक्रम सञ्चालन मा मा सहयोग गरिदिनुहुने प्रायोजकहरू; टिकाराम खराल, कुमार श्रेष्ठ, नेपाल फुड्स इन्टरप्राइजेज लिमिटेड, द एभरेष्ट फिजियोथेरापी, काशीराम भण्डारी, द एभरेष्ट रेस्टुरेन्ट का साथै यस कार्यक्रम लाई सफल गरीदिन हुने सम्पुर्ण आदर्णीय पास: पुच गुठी स्कटल्याण्ड समुह चरण प्रधान सकिला मानन्धर, राधा प्रजापति, बैकुण्ठ महर्जन, सहित श्रेष्ठ, अशोक डंगोल, सुजन कंसाकार तथा अतिथिहरु, स्वयंमसेवक साथीहरू रेमण्ड, मिनु श्रेष्ठ, चण्डिका डंगोल, सविन श्रेष्ठ, नव श्रेष्ठ, भोपाल कार्की, शर्मिली लामा तथा सम्पूर्ण स्थानीय दाजुभाई तथा दिदीबहिनीहरू, खानाको व्यवस्थापनमा Aroma restaurant का कृष्ण थापा तथा सम्पूर्ण टिमलाई पासा: पुच यूके स्कटल्याण्ड का अध्यक्ष डंगोल द्वारा हार्दिक धन्यवाद दिएका थिए।
What is Mha: Puja though? Mha-Puja marks the first day of the Lunar year, and third day or Swonti(Tihar). The term “Mha” means body in Nepal Bhasha. Essentially Mha Puja is the worshiping of each member of the household by the naki(n), the senior active woman of the household in front of mandala. The mandala is drawn with 5 concentric circles at the middle with the shape of an eight-petalled lotus at the outside. The five circles are made up of Chickan (Oil), aakhen (Red rice), Maaye (Black whole lentils), Haaku Musyaa (Black Soyabean) and Taaye (unhusked/puffed rice). The items used to adorn the mandala symbolize good fortune, long life and freedom from perils. The mandala has been interpreted as a microcosmic and macrocosmic representation of the self.