मेलबर्नको टुर्नामेन्टबाट उठेको रकम नेपालको त्रि-नेत्र फाउन्डेशन र सेवामुलक सस्थाहरूलाई प्रदान गरिने

Spread the love

मेलबर्न: भिक्टोरियामा करिब आधा दशकदेखि खेलकुद क्षेत्रको एउटा महत्वपुर्ण हिस्सा बन्दै आइरहेको क्रेगिबर्न ब्रिगेड स्पोर्टस क्लबले यही डिसेम्बर १५ बाट आयोजना गरिने फाईभ ए साईड फुटबल प्रतियोगिताबाट उठेको रकम नेपालको त्रि-नेत्र फाउन्डेशन र सेवामुलक सस्थाहरूलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतियोगितामा खुलातर्फ क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब रेड, क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, युनाईटेड फुटबल क्लब पहेंलो, युनाईटेड फुटबल क्लब सुन्तला, एभरेष्ट युनाईटेड फुटबल क्लब, नर्थ पिक फुटबल क्लब, ईपिंग उलर्ट फुटबल क्लब, हिमालयन फुटबल क्लब, हिमालयन टाईगर्स कालीका फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लब, रोयल वेष्टर्न क्लब, रोयल फुटबल क्लब रेड, रोयल फुटबल क्लब ब्लू, यति फुटबल क्लब रेड र यति फुटबल क्लब ब्लू गरी १६ र ३५ वर्षमाथिको लिजेन्ड्सतर्फ क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ह्वाईट, यति फुटबल क्लब, युनाईटेड फुटबल क्लब, रोयल वेष्टर्न क्लब, हिमालयन फुटबल क्लब, नेपसिटी ब्वाईज, नेप्लीज नेबरहुड कम्युनिटी टाईगर्स ८ टिम गरी जम्मा २४ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका अन्य सहयोगीहरुमा Your Dream Home Conveyancing, Enhanced Care and Support, Fully Promoted Campbellfield, Donna Kingdom, Panaroma Driving, Tip top Services, Caroline Seafood, Highland Spice Mart, Corner Butcher Block, Grace International Educational and Migration Services, APB Partners, Prestige Automotive Mechanics, Care AU, Health and Community, Ascon Homes, Sutra designers, Pictor (education and Migration) Service, Himalayan Home Building Company, Australian Federation College छन ।

कार्यक्रमा संयोजक माधव पौडेलका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं प्रोपर्टीज रहेको छ भने ३५ वर्षमाथिको समूहतर्फ प्रायोजक एभरेष्ट होम लोन्स । उन्का अनुसार प्रतियोगितामा प्रथम हुने टिमले $२५००, प्रमाण पत्र र ट्रफी, द्धितिय हुने टिमले $१५००, प्रमाण पत्र र ट्रफी पाउनेछन । यस्तै ३५ वर्षमाथिको तर्फ प्रथम हुने टिम ले $१५००, प्रमाण पत्र र ट्रफी र द्धितिय हुनेले $७५०, प्रमाण पत्र र ट्रफी पाउनेछन र प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट गोलकिपर, हाईस्कोर र फेयर प्ले टिम एवार्ड समेत प्रदान गरिनेछ ।

काठमाडौं कप फुटसल ह्वीटन ओभल फुटस्क्रे वेष्टमा विहान ८ बजेदेखि आयोजना गरिनेछ ।