रामकुमार श्रेष्ठ**
डिसेम्बर ७ का दिन संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ‘World Meditation Day’ मनाउने घोषणा गरेको छ र यस्लाई राष्ट्र संघिय वार्षिक क्यालेन्डरमा समाबेश गरिनेछ ।
यो दिन प्रत्येक नेपालीले पनि गर्ब गर्नु पर्ने बिषय यो कारणले पनि हो कि स्वामी अरुणले २०१७ देखि नेपाल सरकारले राष्ट्र संघसंग मिलेर ‘अन्तराष्ट्रिय ध्यान दिवस’ मनाउनका लागि काम गरोस भन्ने अभिप्रायले निरन्तर रुपमा कृयाशिल रहनु भयो ।
स्वामीले १८ फरवरी २०१८ मा राष्ट्र संघिय मुख्यालय न्यूयोर्कको नेपाली स्थायी मिसनमा गएर यस्का तात्कालिन प्रमुख निर्मल राज काफ्ले, जस्ले मेलबर्न विस्वबिद्यालयबाट २००४ मा स्नातकोत्तर डिग्री प्राप्त गरेका थिए, लाई भेटेर यो बिषयमा छलफल गरेपस्चात यस्लाई मिसनले राष्ट्र संघिय अर्को बैठकमा लैजाने आस्वासन दिलाए ।
१८ फरवरी २०१९ मा स्वामीलाई नेपाली दूतावास अमेरिकाले बिशेष गरी वुद्धिस्ट देशका राजदूतहरुको समेत सहभागितामा यो बिषयमा प्रस्तुति दिन लगाए ।
२१ अक्टोबर २०२३ मा राष्ट्र संघिय महासचिब अन्टोनियो गुटरेसले वुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेको अबसरमा तात्कालिन गृह तथा उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले स्वामिजीको प्रस्तावलाई महासचिब समक्ष पेश गरेर नेपाल सरकारका तर्फबाट स्वामीजीको प्रस्तावमा थप प्रतिबद्धता जनायो । र, महासचिबले प्रस्ताबप्रति खुशी ब्यक्त गरे ।
यी सबैको अन्तत्वगत्वा परिणाम संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ‘World Meditation Day’ मनाउने घोषणा गरेको छ र यस्लाई राष्ट्र संघिय वार्षिक क्यालेन्डरमा समाबेश गरिनेछ । विस्व शान्तिको आधारभूत इकाइ भनेको विस्वमा बस्ने प्रत्येक ब्यक्तिको मानसिक अवस्था भएको र ‘World Meditation Day’ र विस्व शान्तिको सम्बन्ध भनेको अनुक्रमानुपाति हुने भएकोले यो घोषणाले विस्व शान्तिमा पार्ने दीर्घकालिन असर भनेको अत्यन्तै सकारात्मक हुनेछ ।
अरुण स्वामीजीको अनबरत प्रयासका कारण ‘World Meditation Day’ ले जुन विस्वब्यापी रुप लिएको छ यस्का लागि स्वामीजीलाई हार्दिक बधाई एबं उहाँप्रति हार्दिक आभार!
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत।🙏💐🙏
#arunswami #WorldMeditationDay #meditation #MeditationDay
श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक पेज ।
https://www.facebook.com/photo?fbid=1154230846267646