२२ डिसेम्बर, मेलबर्न: अबकाश प्राप्त आफ्नो जीवनलाई नेपाली मन्दिरमा नियमित रुपमा स्वयं सेवकको रुपमा बिताइराख्नु भएका भरनसेर राईले ब्यक्तिगत रुपमा लामो समयदेखि खटेर स्थापना गर्नु भएको किरातेस्वर महादेवको नेपालदेखि आउनु भएका किराती पुरोहितद्धारा मुन्धुम संस्कार अनुरुप प्राण प्रतिष्ठा गरिएको छ ।
प्राण प्रतिष्ठा गर्ने क्रममा बाजा गाजा सहित मुन्धुम संस्कार अनुरुप किरातेस्वर महादेव र महादेव नजिकै तयार पारिएको पापालुङ, मामालुङ र नाछुमा प्रयोग गरी बनाइएको चुलोको परिक्रमा गरेपस्चात सहभागीहरुले नेपाली मन्दिर परिसर भित्रै रहेको र स्थापित किरातेस्वर महादेवको बगलमा रहेको मेलबर्न कुन्डको परिक्रमा गरेका थिए ।
प्राण प्रतिष्ठापस्चात लिसो थापिएको थियो । मुन्धुम संस्कार अनुरुप लिसो थाप्नुको अर्थ श्राद्ध गर्नु जस्तै हो जस्ले पितृ देवता र लिसो थाप्ने काममा संलग्न पितृका सन्तानका बीच पुलको जस्तो काम गर्छ र पितृ सन्तुस्ट रहे नरहेको र उनीहरुलाई केही आबस्यक परे नपरेको थाहा हुन्छ र तदनुरुप आबस्यक्ता पुरा गरिदिने प्रयास हुन्छ ।
किरातेस्वर महादेवको वरिपरि भरनसेर राई आँफैले बनाउनु भएका किरात परंपरामा प्रयोग गरिने बिभिन्न सामग्रीहरु पनि राखिएका थिए ।
किरातेस्वर महादेवको उचाइ ५ फिटभन्दा केही बढी छ र यस्लाई ठाडो नराखी ४५ डिग्री झुकाएर राखिएको छ ।
कार्यक्रमको भिडियो जस्मा प्राण प्रतिष्ठा र लिसो थाप्दाका बढीभन्दा बढी प्रकृया समाबेश गर्ने प्रयास गरिएको छ: