प्रथम गलबन्दी म्युजिक अवार्ड सम्पन्न भएको छ । शनिबार राजधानीस्थित चलचित्र विकास बोर्डमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सो अवार्ड वितरण समारोहमा गलबन्दी म्युजिक प्रालिका अध्यक्ष साजन कुवँरको सभापतित्व भएको थियो भने निशान बानियाँ कार्यक्रम संयोजक एवं प्रवन्ध निर्देशक रहेका थिए । केही दिनअघि विभिन्न ४४ विधामा अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको थियो । यसरी उत्कृष्ट पाँच मनोनयनमा पर्ने कलाकारहरूलाई अवार्ड प्रदान गरिएको अध्यक्ष कुवँरले जानकारी दिए ।
समारोहमा विभिन्न श्रष्टाहरू, संघसंस्था र पत्रकारलाई सम्मान गरिएको कार्यक्रम संयोजक बानियाँले जानकारी दिए । सो समारोहमा कलाकारहरू मनमाया पंगेनी, खेम सेञ्चुरी, चेतन गोतामे, सुनिता बुढा क्षेत्री, अनिस दवाडी, यज्ञ सापकोटा, नेत्र अर्याल, मञ्जित पहाडी र अभिषेक खड्काले अवार्ड प्राप्त गरेका छन् । त्यसैगरी, अस्मिता रनपाल, देवेन्द्र बब्लु, जुना गुरुङ, सुनिल परियार, पुर्ण संयोग, सिद्धार्थ आले, निकी थापा, मेनुका सोनी, यानप्रसाद न्यौपाने, आशा बिसी र प्रभातपाल ठकुरीले पनि अवार्ड पाए । कोमल नेपाली, अनिल चन्द, जेरी भण्डारी, मौसम हिमाली, सुरेश श्रेष्ठ, सुजन कोईराला र रोशन भुषालले पनि अवार्ड हात पारेका छन् । त्यस्तै, श्यामश्वेत रसाइली, एचबिएन किस्मत, राज सिग्देल, अञ्जु पन्त, ऋषी खड्का, कला सेरेङ, विश्वराज रसाइली, सुप्रिम मल्ल ठकुरीले पनि अवार्ड पाए ।
अवार्र्ड पाउने अन्य कलाकारमा सिम्रन परियार, सनम कठायत, रोशनी कार्की, सदिक्षा पाण्डे, अंशु वर्मा, दिपेन्द्र तिमिल्सिना बबिता श्रेष्ठ, दिन्शन शाह, राजेश घिमिरे र सुदिप सागरले पनि अवार्ड पाएका छन् ।
सर्वाेत्कृष्ट चलचित्र गीत खुश्माको रुकुम मैकोटका लागि आशिष अविरल घोषित भए । सोही गितका लागि सुरेन्द्र रानाले गीतकारको अवार्ड पाए । गायिकाले कटालेका लागि अस्मिता अधिकारी उत्कृष्ट भइन् । पूर्ण बहादुरको सारंगीका लागि प्रशान्त शिवाकोटीले संगीतकार अवार्ड पाए भने विजय बरालले नायकको अवार्ड पाए । वर्षा शिवाकोटीले छक्का पञ्जाका लागि उत्कृष्ट नायिकाको अवार्ड पाइन् ।
महाजात्रामा लागि प्रदीप भट्टराई उत्कृष्ट निर्देशक भए । छक्का पञ्जाका हरि हुमागाईं उत्कृष्ट छायाकार भए । सुमन परियार राम सीताका लागि पब्लिक च्वाइस लोक दोहरी गायक भए । गायिकाको अवार्ड ठाडो भाकाका लागि मञ्जु विकले पाइन् । नवराज काप्रीलाई पब्लिक च्वाइस लोक दोहोरी अवार्ड प्रदान गरिएको छ ।
सो कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट सम्मानबाट वरिष्ठ गायक बमबहादुर कार्की, रजत सम्मानबाट वरिष्ठ गायिका देविका बन्दना परिवर्तनकारी श्रष्टा सम्मानबाट जनगायक जिवन शर्मा, गायक राजु परियार, संगीतकार बिबी अनुरागी, लक्ष्मण श्री सम्मानित भए । पर्वतारोही सम्मानबाट पुरुषोत्तम नेपाली, दशक सम्मानबाट प्रसाद लामिछानेलाई सम्मानिक गरिएको अध्यक्ष साजन कुवँरले जानकारी दिए । रंग पत्रकारिताबाट सौर्य दैनिकका बाबुराम सिग्देल लगायत सम्मानित भए ।
गोरखापत्रका स्वीकृत नेपाल, कान्तिपुर पाटीका कविराज ढकाल, जनज्योति मिडियाका नरेन्द्र महरा र सेलेब नेपालका राहुल थापा मगर पनि सम्मानित भए । लालीगुराँस डटकमका कमल सरगम र विकास थापा तथा मिलाप मिडियाकी गीता अधिकारी र सिराज गौतम सम्मानित भए ।
सो समारोहका प्रमुख अतिथि घिमिरेले विभिन्न कलाकारहरूलाई अवार्ड प्रदान गर्दै हरेक क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरूको सम्मानले कला क्षेत्रको विकासले फड्को मार्ने बताए । सभामुख घिमिरेले कलाको विकास र संरक्षणमा सबैले ध्यान दिनुुपर्ने बताए । मौलिक कलाको विकास र संरक्षणमा आम नेपालीको ध्यान केन्द्रित नभए देशको संस्कार मेटिँदै जाने उनले उल्लेख गरे । मिडिया पार्टनरको रूपमा सौर्य दैनिक, लालीगुराँस डटकम र प्राइम टेलिभिजनलगायत रहेका थिए ।