लोक सञ्चारकर्मी नेपालको १६ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइदै

Spread the love

 नेपाली मौलिक कला, संस्कृतिको क्षेत्रमा क्रियाशील रहँदै सञ्चारकर्ममा लागेको संस्था राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले १६ औं स्थापना दिवस मनाउने भएको छ । १६ औं वर्ष पुरा गरेको उपलक्ष्यमा दुई दिनसम्म विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाइने भएको हो । आगामी माघ १९ र २० गते विविध कार्यक्रम हुँदैछन् ।

माघ १९ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ को परिसर जोरपाटी, पिपलबोटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

शनिवार विहान १० बजे देखि सुरु हुने रक्तदान कार्यक्रममा नेपाल मेडिकल कलेज, रक्त सेवा विभागको प्राविधिक सहयोग, गोकर्णेश्वर नगरपालिका र वडा नं ५ कार्यालयको सहकार्यमा सम्पन्न हुने लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल प्रमुख अतिथ्यता र वडाध्यक्ष नारायण बहादुर सुबेदीको आतिथ्यता रहनेछ ।

बार्षिक उत्सबकै अबसरमा माघ २० गते गोविन्द शर्मा स्मृती क्रियाशील पत्रकारिता सम्मान प्रदान गर्ने कार्यक्रम राखिएको छ । उक्त सम्मानबाट रेडियो थाहा सञ्चारमा कार्यरत सञ्चारकर्मी ओम भण्डारीलाई प्रदान गरिने लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले जानकारी दिए । लोक सञ्चारकर्मी भण्डारीलाई नगद ५ हजार ५५५ रुपयौँसहित सम्मान गरिने छ । अघिल्लो पटकको सम्मान इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कडेँललाई प्रदान गरिएको थियो ।