यही मिति 2025 February 10 तारिक का दीन नेपाली कलाकार र संस्कृति लाई माया र सम्मान गर्ने उद्देश्यले नेपाली साउथ साईड कम्युनिटी द्वारा 2025 02 10 तारिक सोमबार का दीन नेपाली साउथ साईड कम्युनिटी का अध्यक्ष्य पदमलाल खरेल ज्यू को सभापतित्व र GNA का अध्यक्ष छबिलाल अर्याल ज्यू को प्रमुख आतिथ्यता रहेको थियो। भने एनआरएन स्कटल्याण्ड का प्रतिनिधि,दियो क्लब पशुपति मन्दिर स्कटल्यान्ड, नेपाल नर्स एशोसियसन की अध्यक्ष्य नेपाल स्कट क्लब का प्रतिनिधि, हरियाली आमा समुह , सगरमाथा आमा समुह लगाएत बिभीन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु को बाक्लो उपस्थिति रहेको थियो।नेपाल आइडल सिजन ३ कि बिजेता ” सज्जा चौलागाई सांगीतिक साँझ” शभ्य र भब्य रुपमा संचालन भई सकेको कूरा अवगत गराउन चाहन्छौ।उक्त कार्यक्रममा नेपाल आइडल सिजन तीन की बिजेता सज्जा चौलागाईं, लालुमै गीतका गायक तथा मोडल सन्दिप न्यौपाने ज्यू , अनुप कार्की , मिनाका पुन, तारा अधिकारी, मिलन खरेल, पेम्बा घिसिङ लगायत को सांगीतिक प्रस्तुति रहेको थियो उहाँ हरुले नीकै रमाइलो गराउनु भयो सबै जना मा धेरै धेरै धन्यवाद । उक्त कार्यक्रममा स्थानिय प्रस्तुति हरु पनी नीकै व्यवस्थित तरिकाले प्रस्तुति दिने नेपाली पाठसाला का बिधार्थी किंजल सापकाेटा , जानवि गैरे , निकिता मागी , डोयल मागी, स्वागत नृत्य प्रस्तुत गर्ने संस्कृति गैरे लगाएत सम्पूर्ण विद्यार्थी हरूलाई धन्यवाद ज्ञापन गर्नू भएकाे छ।
कार्यक्रम मा दिन रात नभनी तनमन धनले खटिनु भयका सम्पूर्ण समाजसेवि विशिष्ट व्यक्ति हरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौं। आफ्नो व्यस्त समयलाई उक्त कार्यक्रमका लागि समर्पण गर्नू भयको मा आभार प्रकट गर्दछौँ। “सज्जा चौलागाईं सांगीतिक साँझ” सांस्कृतिक कार्यक्रम का संयोजक ज्यू लगायत सम्पूर्ण समूह, किनमेल गर्न खाना बनाउन , म्यूजिक सिस्टम को ब्यबस्थापन गर्न, हल सजाउन, कार्यक्रम व्यवस्थापन गर्नको लागी खटिनु भयका विना ब्याच का स्वयंम सेवक ज्यू हरु, मीडिया मा खटिनु भयका व्यक्ति हरु, हरियाली आमा समूह, सगरमाथा आमा समुह का दिदी बहिनी हरु , भूतपूर्व अध्यक्ष्य ज्यू हरु सल्लाहाकार ज्यू हरु । संस्थाका पदाधिकारी ज्यू हरु, उक्त कार्यक्रममा आउँनु भयका सम्पूर्ण व्यक्ति हरु पाठशालाका बिधार्थी तथा अभिभावक ज्यू हरु लगायत उक्त कार्यक्रम लाई लाई विशेष बनाउन सहयोग गर्ने बिभीन्न संघ संस्था एनआरएनए स्कटल्याण्ड, जिएनए, पशुपति मन्दिर ग्लासगो ,दियो क्लब युके , scot नेपाल,हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नू भयको छ।
अध्यक्ष : श्री पदमलाल खरेल
सचिब , कार्यक्रम संचालक : देवेन्द्र गैरे (कैदी पुरुष)
नेपाली पाठशाला ब्यवस्थापन समिति अध्यक्ष
नरिश्वर खरेल