राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघले दोहोरी ब्यवसायीहरू माझ सुझाव संकलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष दीप सागर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि व्यवसायीहरूले लिखित तथा मौखिक रूपमा आफ्नो सुझाव ब्यक्त गरेका छन ।
व्यवसायीहरूले कर्मचारी बिचको अस्वस्थ प्रतिस्पर्धा, तथा मन्दिका कारण ब्यवसायमा आएको गिरावटका सम्बन्धमा आफ्ना धारणाहरू ब्यक्त गरेका थिए । व्यवसायीहरूको समस्या समाधानका लागि संघले दीर्घकालीन योजनाहरू ल्याएको बताउदै अध्यक्ष मगरले ब्यवसायमा जोडिएका बिभिन्न विधा र क्षेत्रसंग सम्बन्धित सीपमूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिने बताए । थापाले संघको भावी कार्ययोजना प्रस्तुत गर्दै कर्मचारी संचयकोषको ब्यवस्था, ब्यवसायको बीमा, सहकारी संचालनदेखि राष्ट्रियस्तरको दोहोरी प्रतियोगिता आयोजना गर्ने बताए ।
ब्यवसायीहरूले उठाएका बिषयहरूमा अध्यक्ष दीपसागर थापा मगर, निवर्तमान अध्यक्ष गुणराज खनाल, महासचिव नन्द घर्ति मगरले जवाफ दिदै ब्यवसायीहरूलाई निरन्तर रूपमा सुझाव तथा प्रतिक्रिया दिनका लागि आग्रह गरे । कार्यक्रममा ब्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तमू भवन गोगबुमा सम्पन्न कार्यक्रममा संघको संरक्षकमा मनोनित हिकमत शेरचन, सल्लाहकार संयोजकमा मनोनित गुणराज खनाल, सल्लाहकारमा मनोनित शंकर गुरागाइ, नवराज पाण्डे, चुडाबहादुर कार्की, प्रेम श्रेष्ठ, तानबहादुर थापालाई मनोनित पत्र प्रदान गरियो । महासचिव नन्द घर्ति मगरले सञ्चालन गर्नुभएको कार्यक्रमको प्रमुख आतिथ्यता संघका संरक्षक हिक्मत शेरचनले गरेका थिए ।