अमेरिका र अस्ट्रेलियामा केन्द्रित नेपालीद्धारा तयार गरिएको ‘Bhetcha’ App सन्चालनमा

Spread the love

अमेरिका र अस्ट्रेलियामा बस्ने नेपालीहरुलाई जागिर, भिसा, ब्यापार प्रबर्द्धन, कोठा भाडा जस्ता सेवा उपलब्ध गराउने अभिप्रायले नेपालीहरुद्धारा ‘Bhetcha’ App सन्चालनमा ल्याइएको छ ।

हाल अमेरिका र अस्ट्रेलियामा केन्द्रित भएर सन्चालनमा ल्याइए तापनि आगामी दिनमा यस्लाई बिभिन्न देशमा रहेका नेपालीहरुलाई लक्ष गरी अन्य देशहरुमा पनि बिस्तार गरिने बताउँछन ‘Bhetcha’ App का अस्ट्रेलिया संयोजक नबिन सापकोटा ।

बिभिन्न देशमा रहेका नेपालीहरुको लागि सेवा प्रदान गर्ने अभिप्रायका साथ सन्चालनमा ल्याइएको यो App मा अस्ट्रेलियामा कृयाशिल ४५ भन्दा बढी ब्यवसाय क्याटेगोरी अन्तरगतका ४०० भन्दा बढी नेपाली ब्यवसायहरु लिस्टमा छन जस्ले स्थानिय क्षेत्रमा आ-आफ्ना लागि आबस्यक पर्ने सेवाहरुको बारेमा जानकारी उपलब्ध गराउँछ ।

मार्केटिङ एबं बजार ब्यबस्थापन प्रमुख नबिन सापकोटा, सफ्टवेयर इन्जिनियर एबं अमेरिका मार्केटिङ प्रमुख आशिष पंगेनी र डाटा अनालिस्ट एबं कार्यालय प्रमुख निराजन कंडेल रहेको यो टिमको यो महत्वपूर्ण सिर्जनाले नेपालबाट बिदेशिएका नेपालीहरुले आफू रहेको देशमा बस्ने क्रममा झेल्नु पर्ने अनेकन समस्यालाई न्यूनिकरण गर्ने क्रममा महत्वपूर्ण भूमिका खेल्ने कुरामा संदेह छैन ।

आगामी दिनमा यो टिमले नेपाली र विस्व नागरिकहरूका लागि अन्य महत्वपूर्ण सेवाहरु प्रदान गरेर यस किसिमका क्षेत्रमा प्रदान गरिने सेवा मार्फत नेपालीको नाम अग्रपंक्तिमा ल्याउन सफलता प्राप्त गरोस – हार्दिक शुभ-कामना!

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज । @Ramkshrestha